वालगृहमा पुगेर वालवालिकाहरुको १ वर्षका लगि निशुल्क स्वास्थ्य उपचार र स्वास्थ्य विमा गरिदिने व्यवस्था -डा. सुनिल शर्मा
कांग्रेस नेता माननीय डा. सुनिल शर्माले मोरङ जिल्ला उर्लावारि नगरपालिका-७ को अनाथ वालगृहमा पुगेर वालवालिकाहरुको १ वर्षका लगि निशुल्क स्वास्थ्य उपचार र स्वास्थ्य विमा गरिदिने व्यवस्था गरेका छन् ।
डा.सुनिल शर्माले, समाजसेवि मिना वरालले सुदुरपश्चिम, कर्णालि देखि देशका विभिन्न ठाउँहरुवाट अनाथ वालवालिकाहरु ल्याएर मोरङको उर्लावारि नगरपालिका वडा.नं.७ मा वालवालिकाहरुको गास,बास,कपास, शिक्षा लगायत सवै कुराको व्यवस्था सहित सञ्चालन गरिरहनुभएको अनाथ वालगृहमा रहनुभएका सवै वालवालिकाहरुको नोवेल मेडिकल कलेज विराटनगरमा र काठमाडौं मेडिकल कलेज, सिनामंगल काठमाडौंमा १वर्षका लगि निशु्ल्क स्वाथ्य उपचारको व्यवस्था मिलाउने प्रतिवद्धता गरेको छन् । अनाथ वालगृहमा नेपाली कांग्रेस मोरङका सभापति एवं पुर्व युवा तथा खेलकुद मन्त्रि डिग वहादुर लिम्वु, कोषि प्रदेशसभा सदस्य माननीय शोभा पालुङ्ग सहित कांग्रेस नेता माननीय डा. सुनिल शर्मा आफै पुगेर उनिहरुको १ वर्षका लागि निशुल्क स्वाथ्य उपचारको व्यवस्था गरिने र स्वाथ्य विमा समेत गराइदिने प्रतिवद्धता गरेका छन् । माननीय डा. सुनिल शर्माले आजैवाट प्रतिवद्धता अनुसार निशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलानुभएको छ ।
