घोर अन्याय भो ‘गीतको म्युजिक भिडियो सार्वजनिक

‘एलएन गच्छदार / योगेन्द्र योगी

इटहरी : लय संग्रौलाको शब्दमा गायक गोबिन्द राईको आवाजमा रहेको गीत ‘’घोर अन्याय भो ‘ म्युजिक भिडियो सार्वजनिक भएको छ।

एल्बम उपस्थितिमा रहेको गीत घोर अन्याय भोको संगीत तथा संगीत संयोजन विकास चौधरीले गरेका छन्। गीतको भिडियो निर्देशन सुरेश पाण्डेले गरेका हुन्।

म्युजिक भिडियोमा नायिका शिल्पा पोखरेल, मोडलहरू नेत्र चौलागाई, पुस्कर राउत,लय संग्रौला र माधव खनालले अभिनय गरेका छन्। भिडियोको सिनेमेटोग्राफर मदन कश्यप घिमिरे गरेका हुन् भने भिडियोको सम्पादन बन्दे प्रसादले गरेका छन् ।

‘घोर अन्याय भो’ गीतको म्युजिक भिडियो सोमबार दिउँसो ३ बजे ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो । यो गीत आफ्नो जीवनसँग मेल खाने भएकाले हेरेर प्रतिक्रिया दिन मोडल चौलागाईले अनुरोध गरेका छन् ।

गीत सार्वजनिक भए लग्यतै इटहरीको संग्रिला होटल एण्ड ट्री हाउसमा उनका साथीभाई बसेर गीतको म्युजिक भिडियो हेरेका थिए । भिडियो हेर्नेले मोडल चौलागाईले गरेको अभिनयको खुलेर प्रसंशा गरेका थिए । उक्त गीत हेरेर प्रतिक्रिया दिनेहरुको ओइरो लागेको छ ।

भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *