कसैको जीवन बचाउनु पुण्य कार्य हो,रक्तदान गर्नुहोस् : अर्जुन वस्नेत

बिराटनगर : माेरङकाे सुन्दरहरैँचा १० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि. काे आयाेजनामा बुधबार खुल्ला बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रत्येक केही सेकेन्डमा कसैलाई रगत चाहिन्छ। रगतको आवश्यकता सधैं रहिरहन्छ। रगत दान गर्नसक्ने प्रत्येक व्यक्तिले नियमित स्वेच्छिक रक्तदान गर्नुपर्छ भन्ने उदेश्यले २३ अाै स्थापना दिवसकाे अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अर्जुन वस्नेतले जानकारी दिए ।

संस्थाका अध्यक्ष बस्नेतका अनुसार अहिले अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव हुन नदिन मद्दत पुगोस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै भएको बताए । 

रक्तदान जीवनदान । रक्तदान महादान’ यि स्लोगन हामीले बारम्बार सुन्ने गरेका छौं । रक्तदानका लागि प्रेरित गर्न यि वाक्यांशले धेरै भूमिका पनि खेलेका होलान् । संस्थाकाे प्रङगणमा आयोजित उक्त कार्यक्रममा ४० जना भन्दा बढी रक्तदाताहरुले रगत दान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *