थारु होली गीत “ एले फागुके दिन सब साथी मिलके …” म्युजिक भिडियो छायांकन

सुन्दरहरैंचा/ फागुन ३ गते शनिबार

फागुन शुक्ल पूर्णिमा अर्थात होली पर्व नजिकिदै जाँदा थारु समुदायको पहिलो चलचित्र निर्देशक तथा नायक परशुराम चौधरी थारु होली गीतको म्युजिक भिडियो छायांकनमा व्यस्त छन्  ।

 थारु समुदायले मनाउने होली पर्वको बिशेषता झल्किने गरी थारु समुदायको भेषभुषा र पौराणिक समाग्री प्रदर्शन सहित  होली गितको छायाँङकनमा मुख्य भूमिकामा निर्वाह गर्दै चौधरी यतिबेला म्युजिक भिडियो निर्माण कार्यमा लागेका छन्  । होली गीत “ एले फगुके दिन सब साथी मिलके …”  थारु चलचित्र तथा सांस्कृतिक संघ, केन्द्रीय कार्यसमितिको ब्यानरमा  बन्न लागेको हो ।

परशुराम चौधरीको  आफ्नै  निर्देशन रहेको सो थारु भाषाको होली  गितको म्युजिक भिडियोको छायांकन शनिबार गढी गाउँपालिकामा गरेका  छन । कलाकारहरु परशुराम चौधरी , रेनु चौधरी , पुनम चौधरी, एल. एन . गच्छदार, पान्डव चौधरी, सुजन , ममता , दुर्गा चौधरी लगायतले अभिनय गरेका छन भने नृत्य निर्देशन दरपिलाल सरदार , छायांकन राजाबाबु विश्वासले गरेका छन।

प्रत्येक वर्ष मनाइने रङहरुको चाड फागुपूर्णिमा विभिन्न प्रकारका रङ प्रयोग गरी एक–अर्कालाई रंग दलेर मनाउने पर्वलाई आपसी भाइचाराको समबन्ध देखाउने गरी थारु संस्कृतिलाई समेटेर निर्माण गर्न लागिएको चौधरीको तर्क छ ।बालबच्चादेखि बृद्धबृद्धासम्म मनाउने होली गितमा देखाएको छ भने  होलीलाई पुरानो दुस्मनी बिर्सेर एक–आपसमा खुसी साट्ने पर्वका रूपमा समेत मनाइने गरेको चौधरीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *