बेलबारीमा क्षमता बिकास तथा उदघोषण, भाषणकला तालिम समपन्न
सुन्दरहरैंचा / फागुन ३० गते
मोरंगको बेलबारी नगरपालिका वडा -४ मा रहेको दलित सांस्कृतिक संग्राहलय भवनमा बुधबार क्षमता बिकास तथा उदघोषण, भाषणकला तालिम समपन्न भएको छ ।
दलित वर्ग उत्थान समिति बेलबारीको आयोजना तथा बेलबारी नगरपालिकाको सहकार्यमा ब्यक्तित्व क्षमता विकास संगै आफ्नो समुदायको संस्कृति संरक्षण तथा समुदाय बिकास र समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने हेतुले तालिमको आयोजना गरिएको थियो।
बेलबारी नगरपालिकाका नगर उपप्रमुख नितु थापा कोइरालाको प्रमुख आथित्यतामा संचालन भएको समापन तालिम कार्यक्रम सत्रमा उपप्रमुखले राजनीतिक, समाजिक तथा आर्थिक क्षेत्र महिलालाई परिपुरकको ठाउँमा मात्र स्थान दिएको भन्दै महिला र पुरुष बराबर हो भने महिलालाई ५० प्रतिशत अधिकार दिनु पर्ने धारणा राख्नु भयो । आफु भित्र रहेको क्षमतालाई लुकाएर होइन ब्यबहारमा लागु गर्नुपर्ने समेत बताउनुभयो ।
५ दिने तालिम कार्यक्रममा अडियो,भिडियो सहित मनोबैज्ञानिक, मैत्रीपूर्ण तथा विभिन्न खेल बिधिबाट तालिमको प्रशिक्षण संचारकर्मी एलएन गच्छदारले सहजीकरण गर्नुभएको थियो ।
प्रशिक्षक गच्छदारले कार्यक्रममा सम्बोधन गर्दै भाषणकला महत्वपुर्ण वाक कला भएको भन्दै सिक्ने बिषय कहिल्यै अन्त्य नहुने भन्दै तालिमबाट सिकेका सिपलाई ब्यबहार प्रयोग नल्याए सम्म औंचित्य नहुने धारणा ब्यक्त गर्नुभयो।
तालिममा सहभागी भएका ब्यक्तिले तालिम लिन पाएकोमा उत्साहित र खुसि ब्यक्त गरेका छन् भने तालिम उपलब्धिमुलक रहेको प्रतिक्रिया दिदै यस किसिमको तालिम सिकईबाट आफुहरु निकै प्रभावित रहेको धारणा राखेका छन।
दलित उत्थान बर्ग समितिका अध्यक्ष खगेन्द्र तोलाङ्गीको अध्यक्षता संचालन भएको सो कार्यक्रममा तोलाङ्गीले सिकाईबाट ब्यबहारिक ज्ञान पाउनुका साथै समाज र राष्ट्रमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सकिने बिषयमा जोड दिनुभयो।
समापन कार्यक्रममा सो वडा नं. ४ का वडा अध्यक्ष चन्द्रबहादुर लिम्बु, पुर्व वडा अध्यक्ष रामकुमार राई, महिला अधिकारकर्मी दुर्गा परियार, कार्यपालिका सदस्य भीम कुमारी गुरुङ, सांस्कृति संग्राहलय भवनका जग्गादाता चन्द्रकला बिशुन्खे, दलित महिला जनप्रतिनिधि लगायतले सो कार्यक्रममा आफ्ना धारणा राख्नुभयो ।
प्रशिक्षार्थी पर्वता पौडेलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै निरु परियार, संस्थाकी उपाध्यक्ष तथा प्रशिक्षार्थी मैया बिश्वकर्मा, सम्झना त्रिखत्री, अमर बहादुर दर्जी, तिलक अछामी लगायत आफुले तालिममा सिकेको अनुभवको बारेमा आफ्ना धारणा व्यक्त गर्नुभयो ।
उतकृष्ट सहभागी प्रशिक्षार्थी तथा तालिममा अनुशासित प्रशिक्षार्थीलाई मायाको चिनो सहित सम्मान गरेको थियो । तालिममा ५० जना भन्दा बढी बेलबारी नगरपालिका भित्र रहेका लक्षित दलित समुदायका महिला तथा पुरुषको सहभागिता कार्यक्रम संचालन थियो भने कार्यक्रम औपचारीक उदघाटन सत्र नगरप्रमुख दिल प्रसाद राईले गर्नु भएको थियो ।