विविध कार्यक्रम गरी मनायो सेन्ट जोसेफले ४७ औ अभिभावक दिवस
विविध कार्यक्रम गरी मनायो सेन्ट जोसेफले ४७ औ अभिभावक दिवस
विराटनगर । विराटनगर २ मा अवस्थित सेन्ट जोसेफ स्कुलले विविध कार्यक्रम गरी ४७ औ अभिभावक दिवस मनाएको छ । स्कुलले एक कार्यक्रमको आयोजना गरेर ४७ औ अभिभावक दिवस मनाएको हो ।
स्कुलले स्कुलमा अध्ययनरत कक्षा नर्सरी देखी कक्षा ४ सम्मका विद्यार्थीहरुको अभिभावक दिवस मनाएको हो । कार्यक्रममा विद्यार्थीहरुले अतिरिक्त कार्यक्रम अन्तर्गत एक बर्ष भरी सिकेका कुराहरु अभिभावक माझ प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले गायन, नृत्य, नाटक लगायतका प्रस्तुतीहरु अभिभावक माझ प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा नर्सरी देखी कक्षा ४ सम्मका ४ सय भन्दा बढि विद्यार्थीहरुले विभिन्न क्रियाकलापमा भाग लिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी विराटनगर महानगरका मेयर नागेस कोईरालाले आफुले समेत सेन्ट जोसेफमा अध्ययन गरेको स्मरण गर्दै कोशी प्रदेशमा मात्र नभएर सेन्ट जोसेफले देश भरीमै उत्कृष्ट शिक्षा प्रदान गरी दक्ष र योग्य नागरीक उत्पादनमा महत्वपुर्ण योगदान दिईरहेको बताएका थिए । त्यसैगरी कार्यक्रममा बोल्दै एकाडेमीक डाइृरेक्टर अमन सिटौलाले सेन्ट जोसेफले विद्यार्थीहरुलाई चाहिने शिक्षा प्रदान गर्न कुनै कसुर बाँकी नराखेको र त्यसकै फल स्वरुप सेन्ट जोसेफले राष्ट्रिय स्तरका पुरस्कार जित्न समेत सफल भईरहेको बताएकी थिईन् ।
सविता गौतमको सभापतितवमा भएको कार्यक्रममा विराटनगरका मेयर नागेस कोईराला प्रमुख अतिथीका रुपमा रहेका थिए । त्यसैगरी कार्यक्रममा निर्देशक रोहितजंग थपलिया, निर्देशक अशेस सिटौला, प्रिन्सिपल एडल्फ लोपार्ज, लगायत ६ सय भन्दा बढि अभिभावकहरुको उपस्थिती रहेको थियो ।
