सुन्दरहरैंचा ५० युनिट भन्दा बढी रगत संकलन

लाइन्स क्लब अफ गछिया, लायन्स कल्ब अफ दुलारी, लायन्स क्लब अफ बाँसबारी र लायन्स क्लब अफ बलियाको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । शनिबार सुन्दरहरैंचा नगरपालिका वडा -३ गछियामा भएको रक्तदान कार्यक्रममा ५० युनिट भन्दा बढी रगत संकलन भएको लायन्स क्लब अफ गछियाका अध्यक्ष मातृका चापागाईंले जानकारी दिए ।

अहिले बर्खायाम सुरु भएसंगै अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव हुन नदि मद्दत पुगोस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।

‘रक्तदान नै जीवन दान हो’, नारा सहित आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल रेडक्रस झापा शाखाले प्राबिधिक सहयोग गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *