पुर्वान्चल एकेडेमीको बिद्यार्थी स्वागत, बिदाई तथा दिक्षान्त कार्यक्रम सम्पन्न
एलएन गच्छदार / शिव भट्टराई
सुन्दरहरैंचा , असार १६ गते
पुर्वान्चल एकेडेमीका एसइइ विद्यार्थीलाई बिदाई नव आगन्तुक बिद्यार्थी स्वागत तथा दिक्षान्त कार्यक्रम समपन्न गरेका छन।
सुन्दरहरैंचा नगरपालिका वडा ६ मा रहेको उक्त बिधालयबाट एसइइ दिएका ५८ जना विद्यार्थीलाई एक कार्यक्रम बिच बिदाई गरिएको हो ।
अब आउने एस.इ.इ. परिक्षाको नतिजा नजिकै आइरहेको हुँदा विद्यार्थीलाई उज्ज्वल भविष्यको कामना सहित बिधालय परिवारले बिदाइ गरेका छन।
दश कक्षा अर्थात एसइइ दिएका विद्यार्थीलाई मायाको चिनो, खादा तथा अबिर ग्रहण गरेर विद्यार्थी बिदाइ कार्यक्रम भव्य रूपमा मनाएको बिधालयका प्रिन्सिपल दिपेन राईले जानकारी दिएका छन।
पहिलो बर्ष प्ले ग्रुप बाट कक्षा सुरु गरेको विद्यालयले कक्षा १ मा पुगेका विद्यार्थीलाई दिक्षित गर्दै यस नयाँ सत्रमा १ सय २५ जना नयाँ बिद्यार्थीलाई स्वागत गरेका छन।
कार्यक्रममा सहाभागी अतिथिले बिधालयको नाम राख्ने तरिकाले विद्यार्थीको उज्ज्वल भविष्य संगै उच्च प्रगतिको कामना व्यक्त गरेको छन। साथै उक्त कार्यक्रम बिबिध सांस्कृतिक कार्यक्रम समेत भएको थियो।
