सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघ सुन्दरहरैंचाको अध्यक्षमा सुवेदी चयन

सामुदायिक बिधालय व्यवस्थापन  समिति महासंघ  नेपालको  प्रथम सुन्दरहरैंचा नगर सम्मेलनबाट बिदुर सुबेदी सर्वसहमत अध्यक्ष पदका लागि चयन भएको छ।

सुन्दरहरैंचा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठनका लागी कोशी प्रदेश बिधालय ब्यबस्थापन समिती महासंघ अध्यक्ष सागर केसीको अध्यक्षतामा संचालन भएको बैठकले सर्वसहमत भएको हो।  सुबेदी  शिक्षा निकेतन मावि सलकपुलरका अध्यक्ष हुन ।

त्यस्तै उपाध्यक्षमा पोष्ट कुमार श्रेष्ठ  ( अध्यक्ष , पंच्यात  मा.वि.)सचिवमा युवराज पौडेल , सहसचिव भगतलाल चौधरी ( जनसेवा आधारभूत बिधालय )  (अध्यक्ष , जनता मा.वि बिराटचौक),कोषाध्यक्ष्मा निर्मला चापागाईं(साजिलाल मा.वि.)रहएका छन।

त्यस्तैगरी सदस्यहरुमा कमल चौधरी, उर्मिला रिजाल, राधिका चौधरी , सुस्मा चौधरी दनुवार, प्रमिला चौधरी , प्रदिप कुमार खवास , मोहम्मद रफिक, नारायण श्रेष्ठ, मिलन राई, कृष्ण चापागाईं सर्वसहमत चयन भएको कार्यक्रम संयोजक कोशी प्रदेश बिधालय व्यवस्थापन समिती महासंघ कोषाध्यक्ष उर्मिला पौडेलले बताइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *