खोर्साने महोत्सव आजदेखी सुरु, भोलि मंगलबार आस्था राउतको प्रस्तुति
खोर्साने महोत्सव
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ स्थित खोर्सानेमा आज सोमबार देखी खोर्साने मिनी महोत्सव शुरु भएको छ । सुन्दरहरैँचा नगरपालिकामा रहेको सुन्दर खोर्साने युवा क्लबले “खोर्साने तेस्रो मिनी मेला” को आयोजना गरेको हो ।
सुन्दरहरैंचा नगरपालिकाका नगर प्रवक्ता तथा सो वडाका अध्यक्ष रोशन प्रसाद ढकालले महोत्सव उदघाटन गर्दै क्लबले स्थानीय समाजमा खेलेको भुमिकाको प्रंशसा गर्दै उद्धेश्य अनुरुप महोत्सवलाई लान र समाजमा रहेका बेथिति बिरुद्ध लड्न परिवर्तनमुखी समाज निर्माणमा युवाकोको आवश्यक रहेको जोड दिए ।

स्थानीय पर्यटकीय क्षेत्र, कला संस्कृति, खेलकुद र मनोरञ्जनलाई प्रवर्द्धनगर्ने उद्धेश्यले सञ्चालन गरिने संस्थाका अध्यक्ष काजीहाङ् लिम्बूले बताए । मेलामा राष्ट्रीय तथा र स्थानीय कलाकारको बेजोड प्रस्तुति समेत रहने बताइएको छ ।

यसको साथै महोत्सवले सुन्दरहरैंचाका खेलाडीलाई प्रोत्साहन गर्न र युवामा बढ्दै गएको लागु दुर्व्यसनी न्यूनीकरणमा महत्त्वपूर्ण भुमिका खेल्ने उद्धेश्यले संचालन गरेको आयोजकले जनाएको छ।
महोत्सव समाजिक बिकृति बिरुद्ध जुन युवाहरुले आर्थिक संकलन गरी भवन निर्माण गर्ने लक्ष्य राखेको प्रति साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नवराज चापागाईंलेले सफलताको शुभकामना दिए।

मिनि महोत्सवका मुख्य प्रायोज रहेका सरु काष्ठ उधोगक संचालक सुवास गिरीले १० धुर जग्गा सुन्दर खोर्साने युवा क्लबलाई दिने भएको छ।

पुर्वका लोकप्रिय गायक संजिव धिमाल साथै स्थानीय डान्स सेन्टरको बेजोड प्रस्तुति रहेको थियो। भोलि मंगलबार कलाकार आस्था राउतको प्रस्तुति रहने आयोकले जनाएको छ।
मेला १९ दिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
