पुर्वान्चल बिश्वबिधालय मेडिकल अफ एप्लाइड साइन्सको एक दिने कार्याशाला सम्पन्न

मोरङको सुन्दरहरैंचा नगरपालिका गोठगाउँमा रहेको पुर्वान्चल बिश्वबिधालय मेडिकल अफ एप्लाइड साइन्स संकायले एक दिने कार्याशाला सम्पन्न गरेको छ।

बिरामीहरुमा औषधिको प्रयोग भन्ने बिषयमा गरिएको कार्याशालामा कतार बिश्वबिधालयबाट प्रोफेसर डा. इजहाम , साउथ अष्ट्रेलिया बिश्वबिधालयबाट डा. रेनली लिम , अजाम बिश्वबिधालय युएईबाट डा. सुबास पलायन र बिपि स्वास्थ बिज्ञान प्रतिष्ठानका प्रोफेसर डा. कादिर अलाम श्रोत ब्यक्तिको रुपमा रहेका थिए।

उक्त कार्यशालमा बिरामीको जोखिमलाई नयाँ जीवन दिन चिकित्सक, नर्स, ल्याबमा काम गर्ने मात्र होइन फर्मासिष्टको समेत महत्वपूर्ण भूमिका र योगदान हुने गरेको भन्दै पुर्वाञ्चल बिश्वबिधालय मेडिकल अफ एप्लाइड साइन्सकाकार्यबाहक डीन नबिन लामिछानेले कार्यशालाले बिरामीलाई मुख्य केन्द्र राखेर काम गर्ने,, कार्य पत्र प्रस्तुत र बिश्वबिधालय अन्य सम्बन्धित पक्षसंग सहकार्य गरेर अघि बढ्ने बताए।


उक्त कार्याशालामा बिरामीको लागिऔषधिको प्रयोगले क्लिनिक फार्मेसीको सेवामा कतिको महत्व राख्दछ भन्ने बिषयमा बिरामी र फर्मासिष्ट दुबैको बारेमा चर्चा गर्दै श्रोत ब्यक्तिको रुपमा रहेका बिपि स्वास्थ बिज्ञान प्रतिष्ठानका प्रोफेसर डा. कदिर अलामले संसारमा नयाँ नयां रोग उत्पादन भइरहेको अवस्था छ र प्रबिधिको बिकास संगै नयाँ कुरा सिक्न आवश्यक रहेको बताउदै यस किसिमको कार्यशालाले नयाँ बिषयको बारेमा सिक्न र ज्ञान हासिल गर्न महत्वपूर्ण मदत पुग्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *