सेवाग्राही गुनासो आएपछि मालपोत कार्यालय बेलबारीलाई टोलबिकासको ज्ञापन पत्र


बेलबारी मालपोत कार्यालयमा सेवाग्राहीको काम प्रति चुस्ता र पार्दशी हुन नसक्दा बिजुली मालपोत टोल बिकास संस्थाले आज मालपोत कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन।

सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने, पैसा दिएपछी मात्र काम गर्ने, अनियमिता हुने गरेको जनगुनासो बढेपछी टोल बिकास संस्थाले ध्यान आकर्षण गराउदै मालपोत अधिकृत देवी प्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो।
टोल बिकास संस्थाका  प्रमुख सल्लाहकार रहेका जेपि कोइरालाका अनुसार नापी शाखा कार्यालय , ३ नं. वडा कार्यालय, बेलबारी  नगरपालिका , ईलाका प्रहरी कार्यालय , नेपाल लेखापढी कानुन ब्यबसायी इकाइ समितीलाई समेत बोधार्थ गरि ध्यानाकर्षण गराएको हो। उनका अनुसार सेवाग्राहीको काम बिचौलिया मार्फत छिटो हुने र सोझा साझा जनताको काममा ढिलासुस्ती गर्ने , पैसाको बार्गेनिङ हुने जनगुनासो आएपछी ध्यानाकर्षण गराएर सेवा प्रवाहमा चुस्ता ल्याउनु पर्ने बताए।

त्यसै गरि गुनसो सुन्ने अधिकार तथा मालपोत अधिकृत देवि प्रसाद  भट्टराईले कार्यालय प्रमुख हाल मन्त्रालय  काममा  जानुभएकोले आएलगत्तै हामी यहाहरुको गुनासोलाई सम्बोधन गर्ने बताए।   यस्ता गुनासो र बिकृतिलाई अनुसन्धान गरेर निकास निकाल्ने र पुन: छलफलमा बस्ने भन्दै भट्टराईले यहाँहरुको साथमा रहने धारण ब्यक्त गरेका छन।

ज्ञापन पत्र दिदै स्थानिय सरोकारवाला प्रताप थापा, टोलबिकास संस्थाका सचिव चित्र बहादुर कोइराला लगायतले मालपोत कार्यालय र बिचौलियाको बारेमा समसामयिक बेथितिको बारेमा आफ्ना धारणा राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *