अर्जुन बस्नेत उत्कृष्ट प्रिन्सिपलको रुपमा ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३‘ बाट सम्मानित
एलएन गच्छदार
श्रावण २ गते
सुन्दरहरैंचा नगरपालिका वडा -१० खोर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलका प्रिन्सिपल अर्जुन बस्नेत उत्कृष्ट प्रिन्सिपलको रुपमा ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३‘ बाट सम्मानीत भएको छ ।
लिंकन युनिभर्सिटीका चाल्सर प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहाबाट उक्त बिधालयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले उत्कृष्ट प्रिन्सिपलको सम्मान ग्रहण गरेका हो।

सिद्धार्थका शिक्षकले गरेको साधारण कामबाट प्रभावित हुँदै पुरस्कार समितिले छनौट गरेको थियो । सो अवार्ड अन्तर्गत एक प्रदेशबाट एक प्रिन्सिपल छनोट भएको छ । जसमा कोशी प्रदेशबाट उत्कृष्ठ प्रिन्सिपलको रुपमा बस्नेत सम्मानित भएको हो ।
