नेपाल रेडक्रस सोसाइटी उप-शाखा तपेश्वरीको निर्वाचन अधिवेशन सम्पन्न
बेलका, उदयपुर – नेपाल रेडक्रस सोसाइटी उप-शाखा तपेश्वरीको निर्वाचन अधिवेशन बेलका नगरपालिका–२, भागलपुरमा सम्पन्न भएको छ। अधिवेशनमा प्रमुख अतिथि बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की रहनुभएको थियो।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उदयपुरका संयोजक शम्भु पौडेल, बेलका नगरपालिका वडा नं. १ र २ का वडा अध्यक्षहरू, रेडक्रस जिल्ला शाखाका उपाध्यक्ष, सचिव, जिल्ला सदस्यहरू तथा उप-शाखाका आजीवन सदस्यहरूको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो। निर्वाचन अधिवेशनका लागि निर्वाचन अधिकारीको रूपमा सम्झना राई तोकिएकी थिइन्।
निर्वाचन प्रक्रियाबाट लछुमण थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। चयन भएका पदाधिकारीहरू निम्नानुसार रहेका छन्:
निर्वाचित पदाधिकारीहरू:
सभापति: लछुमण थापा
उपसभापति: उमादेवी सुवेदी चौधरी
सचिव: पिताम्बर कोइराला
कोषाध्यक्ष: तारादेवी खड्का थापा
सह-सचिव: नीर बहादुर बस्नेत
सह-कोषाध्यक्ष: लाल बहादुर खत्री
सदस्यहरू: ध्रुव प्रसाद कोइराला, बालजित राई, निलराज कोइराला, कर्ण बहादुर बिक, इन्दिरा कोइराला
उक्त अधिवेशन मिति २०८१ माघ २६ गते नेपाल रेडक्रस सोसाइटी उप-शाखा तपेश्वरीको सभाहल, बेलका २, भागलपुरमा सम्पन्न भएको हो।
नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
