सुन्दरहरैचामा सामुदायिक याेजना प्रदर्शनी मेला

आवासका लागि सहयाेग समूह ( लुमन्ती) काे आयाेजना तथा मोरङको सुन्दरहरैंचा नगरपालिकाकाे सहकार्यमा विकासका लागि याेजना निर्माण प्रक्रियामा सामुदायिक सहकार्य अन्तर्गत सामुदायिक याेजना प्रदर्शनी मेला सम्पन्न भएकाे छ।

शनिबार सुन्दरहरैचा नगरपालिका वडा ४ मा रहेको गोकर्ण रिसोर्टमा भएको कार्यक्रमा नगरभित्र रहेका १२ वटै वडाहरुको योजना र प्रतिबद्धतामा हस्तारक्षर भएको छ।

लुमन्तीले सबै वडाहरुमा पुगेर योजनाको नाम सहित तयारी परेको र त्यहिँ योजनामा नगर प्रमुख केदार प्रसाद गुरागाई सहित १२ वटै वडाका अध्यक्ष तथा वडा सदस्यहरुको उपस्थितमा योजना प्रतिबद्धतामा हस्तारक्षर गर्न प्रदर्शनी मेला आयोजना गरिएको लुमन्तीकी कार्यक्रम संयोजक लक्ष्मी राई जानकारी दिईन ।

वडा अध्यक्ष तथा जनाप्रतिनिधहरुले पनि पुरा गर्न सकिने योजनामा हस्तारक्षर र पुरा गर्न लामो समय लाग्ने योजनामा नगर तथा वडामा छलफल गर्ने बताएका छन्।

कार्यक्रममा प्रमुख अथिति रहेका नगर प्रमुख केदार प्रसाद गुरागाईले लुमन्तीले तयार पारेको योजनाहरुमा प्रतिबद्धता जनाउदै प्रय सबै योजना पुरा गर्न सकिने नै रहेको बताएका छन् ।
इच्छा गर्यो भने योजनाहरुमा प्रतिबद्धता पुरा गर्न नसक्ने भन्ने हुँदैन,नगर प्रमुख गुरागाईले भने,’धेरै त भावनात्मक पनि छ कति योजनाहरु त हामीले निरन्तर गरिरहेका छौ।’

वडा कार्यालयहरुमा मार्फद जुन ढंगले हामीले जनता सामु पुगेर योजनामा छलफल गर्नु पर्ने हो त्यो अलिक सुस्ताएको थियो तर यो काम लुमन्ती गरेको भन्दै यी सबै प्रतिबद्धताहरु आफू पुरा गर्ने बताए। लुमन्ती र जागृति समूहले गाउ-गाउमा पुगेर विभिन्न समयुदयहरु सँग छलफल गरेर योजनाहरुको प्रदर्शनी मेला आयोजना गरेको भन्दै प्रसंशा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *