सुन्दरहरैचामा विपन्नलाई बाँसको मुढा बनाउने तालिम

सुन्दरहरैचा : मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -५ को पर्यटकीय क्षेत्र हसिना सिमसारमा विपन्नलाई बाँसको मुढा बनाउने तालिम शुक्रबारदेखि सुरु भएको छ। नमुना सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा स्थानीय गरिब तथा विपन्न ४० जनालाई बाँसको मुढा बनाउने तालिम दिन लागिएको हो ।

तालिममा सहभागी भएका विपन्न नागरिकलाई सीप सिकेर जीविकोपार्जन गर्न सहज हुने विश्वास नमुना सामुदायिक वन उपभोक्ता समितले जनाएको छ । सिकेको सीपलाई व्यावसायिक रूपमा अगाडि बढाउने उद्देश्यअनुसार तालिम सञ्चालन गरिएको उपभोक्ता समितका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिए।

कार्यक्रमा उद्योग वाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष जीवन प्रसाद ढुङ्गनाले नेपाल सरकारले बजेट बिनियोजन गरेर यस्ता खालको कार्यक्रम गर्नुपर्ने बताउदै राज्यको ध्यान दिनुपर्ने यस्ता खालका कामलाई नमुना सामुदायिक वनले संचालन गरेको भन्दै प्रशंसा गरेका थिए। यो तालिमले बिपन्न वर्गको आयआर्जनमा टेवा पुग्ने भन्दै सिकेका सिपलाई व्यवहारमा उतार्न र उत्पादन भएका मुढालाई बजारीकरण गर्न उद्योग वाणिज्य संघले सहयोग गर्ने बताए।

यस्तै सोही कार्यक्रमा बोल्दै वडा अध्यक्ष गणेश चौधरीले नमुना वनले वनको संरक्षण मात्र नभई नमुना काम समेत गरेको बताए। गरिबी बिपन्न बर्ग जीवन उकास्न यो तालिमले टेवा पुग्ने बताए। साथै अगामी दिनमा वडाले पनि यस्ता सिपमुलक कार्यक्रम गर्ने बताए।

१० दिन सम्म चल्ने उक्त कार्यक्रमको प्रशिक्षक प्रवीण राई रहेका छन्। कार्यक्रमा सिद्धार्थ सामुदायिक वनका अध्यक्ष प्रकाश राई, सुन्दर सामुदायिक वनका अध्यक्ष कमल अधिकारी ,हरियाली सामुदायिक वनका अध्यक्ष महेश राई लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *