मोरङमा लागुऔषध कारोबारी बढेसंगै बिद्यार्थीहरुलाई सचेतना कार्यक्रम तीव्र रुपमा सञ्चालन

योगेन्द्र योगी/एलएन गच्छदार
सुन्दरहरैचा : मोरङमा लागु औषध प्रयोगकर्ताहरु बढीरहेको बेला मोरङको सुन्दरहरैचा नगरपालिका वडा ३ त्रिजुगामा रहेको जनता माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई लक्षित गरी लागु औषध दुर्व्यसन सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ।

आश्रय प्रतिष्ठान नेपाल ( आश्रय सुधार केन्द्र) र गछिया जेसीजको संयुक्त आयोजनामा भएको कार्यक्रममा लागु औषध दुर्ब्यसनी र यसका असर, समाजमा पार्न सक्ने नकरात्मक प्रभावका बारेमा वरिष्ठ परामर्श तथा मनोबिद टिकाराम सिग्देलले सहजीकरण गरेका थिए।

लागु औषध के हो ? निषेध गरिएका कार्य,यसको प्रयोग गरेमा हुने दण्ड सजाय तथा लागु औषध नियन्त्रण ऎन २०३३ तथा संशोधन २०७२ बारेमा सहजीकरण गराइएको सहजकर्ता वरिष्ठ परामर्श तथा मनोबिद सिग्देलले जानकारी दिए ।

आश्रय प्रतिष्ठान नेपालका कार्यक्र संयोजक सेवक खत्रीले बिद्यार्थीहरु कलिलै उमेरमा लागु औषध दुर्व्यसनमा फस्ने गरेको भन्दै त्यसलाई रोक्न सामुदायिक बिद्यालयहरुमा अध्यनरत बिद्यार्थीहरुलाई जानकारी गराउने उदेश्यले कार्यक्रमा आयोजना गरिएको बताए।

आश्रयले समय-समयमा सुन्दरहरैचा लगायत अन्य पालिकाहरुमा पनि यस्ता खालका कार्यक्रमा गर्दै आइरहेको बताए। कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाहरूलाई लागुऔषध तथा कुलतका बारेमा जानकारी गराउँदै सचेत गराउनु तथा सभ्य समाजको निर्माण गर्नु रहेको उनले बताए ।

यस्तै गछिया जेसीस बर्ष २०२४ का अध्यक्ष धुर्व निरौलाले समाजमा दिन प्रतिदिन लागु औषध प्रयोग गर्नेको संख्या बढीरहेकाले यसलाई जरै देखि निर्मुल पार्न टीनएजका युवा युवतीहरुबाट यसको सुरुवात हुने भएकाले यसलाई मध्यनजर गर्दै जनता माविमा कक्षा ८,९ र १० मा अध्यानरत बिद्यार्थीहरुलाई लागु औषध सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको बताए।

यसैगरी, बिद्यालयका प्रध्यानाध्यापक्बहोमबहादुर भण्डारीले यस्ता खालका कार्यक्रमा स्कुल लेवलमै संचालन गर्नुपर्ने भन्दै माध्यमिक तहमा अध्यानरत कक्षा ३ देखि १० सम्मका बालबालिकाहरु बढी कुलत फस्ने गरेकाले यस्ता कार्यक्रम उनीहरुलाई गतल बाटोमा लाग्न नहुने रहेछ भन्ने ज्ञान हासिल हुने बताए।

यो विश्व व्यापी साझा समस्या लागु औषधको प्रयोग अहिले विकृतीको रूपमा मौलाएको अवस्था छ । यसको न्यूनीकरण गर्न नसके व्यक्ति,परिवार,समाज र सिङ्गो राष्ट्रलाई नै प्रतिकुल असर पुग्ने प्रशिक्षणमा बताइएको छ । कार्यक्रममा बालबालिकाहरुको निकै उत्साहपूर्ण उपस्थिति रहेको थियो र उनीहरूले लागुऔषध दुर्व्यसनमा आफु नफस्ने र अरुलाई पनि फस्न नदिने प्रतिबद्धता गरेका थिए।

यस्तै आजै सोही समुहले सुन्दरहरैचा ३ को आइतबारेमा गछिया प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजकुमार थापा सहितले बालबालिकाका अबिभावक लगायत त्यस ठाउँका नागरिकहरुलाई पनि सहजीकरण गरिएको कार्यक्रम संयोजन सेवक खत्रीले बताए। पछिल्लो समय मोरङ प्रहरीले लागु औसध कारोबारीलाई धमाधम पक्राउ गरिरहेको छ।

मंगलबार मात्र सुन्दरहरैचा ६ बाट दुई जना लागु औसध कारोबारीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिईएको थियो। घरमै लागु औसधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्लास्टिकमा पोको पारेको ब्राउनसुगर जस्तो देखिने ४.३० ग्राम खैरो धुलो,स्पास्पेन ९२ ट्याब्लेट,ट्रमाडोल २१० क्याप्सुल,डेकोलिङ ८६ ट्याब्लेट,स्पास्मो ३५ ट्याब्लेट सहित कमल मगर र २ ग्राम ९७ मिलिग्राम ब्राउनसुगर र डिजिटल तराजु १ थान सहित ३७ बर्षीय मनिष लिम्बुलाई पक्रउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहालले बताएका छन्। लागु औसध कारोबारी बढेसंगै प्रहरीले चेकजाँचमा कडाई गरेको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ