सुन्दरहरैचामा स्कुल भेनको ठक्करबाट चार वर्षीय बालक घाइते
विराटनगर : मोरङको सुन्दरहरैंचामा स्कुल भेनले ठक्कर दिंदा चार वर्षीय बालक घाइते भएका छन् । मंगलबार ५:३० बजेतिर सुन्दरहरैंचा-७ गोठगाउँमा भएको दुर्घटनामा स्थानीय सन्तोष राईका छोरा चार वर्षीय सिंहराज राईलाई स्कुलको भेनले ठक्कर दिएको हो।
स्कुलबाट घर फर्कने क्रममा उनलाई नेसनल एकेडेमी बिर्डिङ स्कुल सलकपुरको प्र १-०२-००२ च ६२१३ नम्बरको भेनले ठक्कर दिएको थियो ।
भेनको ठक्करबाट उनको निधारमा चोट लागेको छ । उनलाई उपचारका लागि न्युरो अस्पतालमा विराटनगर लागिएको प्रहरीले जनाएको छ । भेनका चालक सुन्दरहरैंचा-८ सलकपुरका ४३ वर्षीय कृष्ण साहलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ । चालकको लापरवाहीले गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
