लैंगिक हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

 

विराटनगर, मोरङ — चैत्र २६ गते।
मोरङ जिल्लाको कटहरी गाउँपालिका–५ स्थित वडा कार्यालय भवनमा लैंगिक हिंसा विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जिल्ला प्रहरी कार्यालय मोरङ र सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीकी अध्यक्ष मिना जोशीको अध्यक्षता रहेको थियो भने वडा नं. ५ का वडाध्यक्ष सम्पतलाल सरदार प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा स्थानीय तहका विभिन्न संघसंस्थाका जनप्रतिनिधिहरु र स्थानीय बासिन्दा गरी जम्मा ५७ जनाको उपस्थिति रहेको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रतिनिधिहरुले लैंगिक हिंसाका विविध पक्षहरूबारे जानकारी गराउँदै हिंसामुक्त समाज निर्माणमा प्रहरी र समुदायबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए। कार्यक्रममा सहभागिहरूलाई लैंगिक हिंसाबारे सचेत गराउँदै कानुनी अधिकार, उजुरी प्रक्रिया र उपलब्ध सहायता सेवा सम्बन्धी जानकारी पनि प्रदान गरिएको थियो।

कार्यक्रमले समुदायस्तरमा लैंगिक हिंसा विरुद्धको जनचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *