पाचौं  पोक्लाबुङ्ग फुटबल कप -२०८१” माघ  १५ बाट हुने।

पाचौं  पोक्लाबुङ्ग फुटबल कप –२०८१” माघ  १५ बाट हुने

किरण लिम्बू , संखुवासभा । पोक्लाबुङ्ग जन उत्थान मञ्च युथ क्लब चैनपुर नगरपालिका -१ पोक्लाबुङ्ग संखुवासभाको आयोजनामा पाँचौ पोक्लाबुङ्ग फुटबल कप –२०८१ खुल्ला वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगीता हुने भएको छ । वसन्त पन्चमीको अवसरमा सञ्चालित प्रतियागीता माघ १५ गतेदेखि माघ १९ गतेसम्म सञ्चालन हुने भएको हो ।
खेलमा पुरुष तर्फ  प्रथम हुनेले नगद ३१ हजार तीन वर्षे रनिङ कप , मेडल र प्रमाणपत्र  ,दोस्रो हुनेले २० हजार , कप , मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन भने महिला तर्फ प्रथम हुनेले नगद  १५ हजार , दोस्रो हुनेले नगद ७ हजार साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने ,आयोजकले जनाएको छ ।
प्रतियोगीतामा सहभागीताको लागी  पुरुष तर्फ २ हजार +५ सय रुपैँया महिला तर्फ १ हजार + ५ सय  दर्ता शुल्क लाग्नेछ भने टिम दर्ता माघ १४ गते बेलुकी ४ बजे सम्म गरिसक्नु पर्नेछ र खेल सुरु १५गते विहान १० बजेबाट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *