एसईई परिक्षामा सिसि क्यामराको प्रयोग , बिद्यार्थीमा मनोबैज्ञानिक असर

बेलबारी
चैत्र १९

मोरङको बेलबारी नगरपालिकाले एसइइ परिक्षा केन्द्रमा सिसि क्यामराबाट निगरानी गर्दा बिद्यार्थीमा मनोबैज्ञानिक त्रास पैदा भएको छ।

बेलबारीको ५ वटा बिधालय भगवती मावि , लक्ष्मी मावि , धिरनाथ सफुल विश्वास मावि, कबिर र जनता नमुनामा परिक्षा केन्द्र राखिएको छ।

देशभर त्यस्तो ब्यबस्था नभएको हाडिगाउको जात्राले बिद्यार्थीमा मनोबैज्ञानिक त्रास पैदा भएको अभिभावकले गुनासो पोखेका छ्न ।

यस बारेमा कोशि प्रदेश प्यावसन अध्यक्ष टिकाराम ढकाल संग बुझ्न खोज्दा यस्तो सिसि क्यामराबाट गरेको मनिटरिङ्ग उपयुक्त नभएको र केन्द्रमा खटिएका कर्मचारी उपर बिश्वास नभएको बताएका छ्न।

परिक्षा निर्देशिकामा त्यस्तो ब्यबस्था नभएको र यदि त्यसो हो भने देशको सबै केन्द्रमा लागू हुनु पर्ने तर बेलबारी नगरपालिकाले यस किसिमको सिसि क्यमराबाट निगरानी गर्दा परिक्षा केन्द्रमा खट्ने कर्माचारीमा समेत मनोवैज्ञानिक त्रास उत्पन्न हुने कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेत बताउँछन ।

बेलबारी शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइराला संग यस बिषयमा बुझ्न खोज्दा सिसि क्यामराबाट निगरानी
१९ वटा बिधालयमा यसभन्दा अघिनै सिसि क्यामरा जडान भएको र सिसि क्यमरामा जोडिएको कक्षाकोठामा परेको बताए।

शिक्षा शाखा प्रमुख कोइरालाले सिसि क्यामरा जडान ७७ साल देखि नै संचालनमा ल्याएको बताउदै अनुगमन गर्ने नयाँ प्रबिधिको बिकास गरेको बताए। तर बिद्यार्थीमा मनोबैज्ञानिक असर कतिको पर्छ भन्ने बिषयमा भने बोल्न नै चाहेन। यसबारेमा नगरप्रमुख डिपि राईसंग बुझ्न खोज्दा फोन उठेन ।
नगरपालिकाले नै यसरी निगरानी गर्दा विद्यार्थी, अभिभावक समेत त्रसित छ्न, अनुगमन नै गर्ने हो भने केन्द्रमै अनुगमन गर्नु पर्ने अभिभावकले बताए।

यस किसिमको सिसि क्यामराबाट निगरानीले उनीहरुको लेखनकलामा समेत प्रभाव पर्न सक्ने समेत अभिभावकले बताए। 

See less

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ