1974 AD लाईभ कार्यक्रम अगामी चैत्र १८ गते बेलबारीमा

मोरङको बेलबारी नगरपालिकामा रहेको डागिहाट फुटबल क्लबको आयोजनामा खेलकुद सँगै बेलबारी नगरपालिकाको पर्यटनको विकास र प्रचारप्रसार गर्ने ध्येयका साथ 1974 AD लाईभ नामक कार्यक्रम आयोजना गर्ने भएको छ । बेलबारी नगरपालिका वडा १० मा रहेको प्रस्तावित डागिहाट रंगशालाको प्राङ्गणमा अगामी चैत्र १८ गते उक्त कार्यक्रम हुन लागेको क्लबका अध्यक्ष छ्त्र लिम्बुले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो।

अनुमानित ३१ लाख ६६ हजार खर्च हुने आयोजाकले जनाएको छ भने कार्यक्रममा बेलवारीका स्थानीय जनप्रतिनिधिहरु, बेलबारीलाई प्रतिनिधित्व गर्दै विभिन्न स्थानमा आफुलाई स्थापित गराउन सफल व्यक्तित्वहरुलाई सम्मानका साथ व्याण्डको प्रस्तुति रहने जनाएको छ । कार्यक्रममा बेलवारी नगरपालिका, विभिन्न संघसंस्था, कम्पनी लगायत सहयोगीका रुपमा रहने आयोजकले जनाएको छ ।

यस बिचमा खेलकुद सँगै (यात्रा सबिन राई एण्ड फेयारो ब्याण्ड) नामक सांगीतिक कार्यक्रम समेत सम्पन्न गरिसकेको छ । डॉगीहाट फुटबल क्लब एक स्थापित क्लब हो । वि.स २०६६ सालमा मोरङ जिल्लाको तरकालिन दाँगीहाट गाँउ विकास समिति (हाल बेलबारी नगरपालिका) मा दर्ता भएको यो क्लब हाल नगरपालिकाकै पहिलो क्लवका रुपमा रहेको छ । मोरङ जिल्लामै पहिलोपटक नेपालको राष्ट्रिय टिम सहभागी गराएर फ्रेण्डनी म्याच गर्न सफल क्लबले मोरङमा राष्ट्रिय लिगको व्यवस्थापन समेत गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *