हाँसो, उत्साह र प्रेरणासहित आज बुटवलमा ‘लाफ्टर फर लाइफस्
काठमाडौं । युवाहरूलाई हाँसो, प्रेरणा र सकारात्मक सोचको सन्देश दिने उद्देश्यसहित सञ्चालन भइरहेको ‘लाफ्टर फर लाइफस् : द मोटिभेसन’ कार्यक्रमको तेस्रो संस्करण आज बुटवलमा आयोजना हुँदैछ।
मकालु खबरको आयोजनामा हुने कार्यक्रम दिउँसो १ बजे बुटवलस्थित सिद्धार्थ कटेजमा सञ्चालन हुने आयोजकले जनाएको छ। गत जेठ १० गते काठमाडौंको प्रज्ञा भवनबाट सुरु भएको कार्यक्रमले युवामाझ सकारात्मक जीवनदृष्टि, आत्मविश्वास र व्यवहारिक ज्ञान प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ। कार्यक्रमको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिङ्क रहेको छ भने पावर्ड बाइ पार्टनरका रूपमा यशोदा फुड्सद्वारा उत्पादित करेन्ट चाउचाउ रहेको छ।
एसोसिएट पार्टनर नेपाल लाइफ इन्स्योरेन्स तथा स्वास्थ्य साझेदारका रूपमा काठमाडौं मेडिकल कलेज आबद्ध छन्। राजधानी मोडल कलेज शैक्षिक साझेदार तथा राइटपाथ करिअर काउन्सिलिङ शैक्षिक परामर्शदाता संस्थाका रूपमा जोडिएका छन्। यस्तै, फोर ह्वीलर पार्टनरमा जिली ईएक्स–५ (एलआरआर मोटर्स), राइड पार्टनरमा सेफ राइड तथा एयरलाइन्स पार्टनरमा यति एयरलाइन्स रहेका छन्।
श्री केश हेयर ओयल, होन्डा बाइक, गोल्डेन ओक र ब्लू डायमण्डलगायत विभिन्न ब्रान्डहरूले पनि कार्यक्रमलाई सहकार्य गरिरहेका छन्। काठमाडौं र पोखरामा सफलतापूर्वक सम्पन्न भइसकेको यो कार्यक्रम बुटवलपछि चितवन, वीरगन्ज, बिर्तामोड र इटहरीमा पनि आयोजना गरिनेछ। आयोजकका अनुसार कार्यक्रममार्फत देशभरका युवालाई मनोरञ्जनसँगै उत्प्रेरणा र जीवन उपयोगी सन्देश प्रदान गर्ने प्रयास गरिएको छ।





