कोशी प्रदेशमा श्रीपाली बस्नेत समाजको संगठन बिस्तार, अध्यक्षमा सानु बस्नेत निर्वाचित

इटहरी । श्रीपाली बस्नेत समाज, कोशी प्रदेशको प्रथम अधिवेशनबाट अधिवक्ता सानु बस्नेत अध्यक्षमा सर्वसम्मत चयन भएकी छन् ।  इटहरीमा सम्पन्न प्रदेश अधिवेशनले सानु बस्नेत (धनकुटा)  को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा सुर्य कुमार बस्नेत (संखुवासभा), सचिवमा नविन श्रीपाली बस्नेत (तेह्रथुम), कोषाध्यक्षमा युवराज बस्नेत (सुनसरी), सहसचिवमा ईन्दिरा श्रीपाली (धनकुटा), सहकोषाध्यक्षमा पवित्रा बस्नेत (झापा) चयन भएका छन् । ११ सदस्यीय समाजको  सदस्यहरुमा  वासुदेव बस्नेत (मोरङ), उमेश बस्नेत (सुनसरी), भरत बस्नेत (धनकुटा), सोभित बस्नेत (सुनसरी) चयन गरेको छ।

श्रीपाली बस्नेत समाज नेपाल केन्द्रीय समितिले नेपाल भरिका श्रीपाली बस्नेतलाई एकताबद्ध गर्ने रणनीति अघि सारेको छ  ।  सोही अनुरूप नवगठित प्रदेश समितिले केन्द्रीय समितिसंग समन्वय, जिल्ला स्तरमा समाज विस्तार,  वंशा पहिचान र खोजी तथा बन्धुहरु बीच एकआपसमा सरसहयोग आदानप्रदान बढाउने प्रतिबद्धता जनाएको छ  भने सोही साधारण सभाले अधिवक्ता सानु कार्की बस्नेतले मस्यौदा गरेको समाजको बिधानमा छलफल गरी पारित समेत गरेको थियो।

नवनिर्वाचित अध्यक्ष सानु बस्नेतले कोशी प्रदेशका बिभिन्न जिल्लाको समाजलाई बलियो बनाउँदै बन्धुहरुसँग प्रत्यक्ष जोडिने कार्यक्रम सञ्चालन गरिने बताईन । उनले जिल्ला जिल्लामा पुगेर सदस्यता विस्तार, बस्नेत समाजका चासोका विषयमा छलफल तथा युवालाई समाजमा सक्रिय बनाउन अभियान समेत चलाउने भनी बताएकी छन।

कोशी प्रदेशका बिभिन्न १४ जिल्लाका ५० जना भन्दा बढी श्रीपाली बस्नेत भाइ बन्धुहरुको उपस्थिति रहेको श्रीपाली बस्नेतको उक्त प्रथम साधारण सभाको  सञ्चालन रामचन्द्र बस्नेतले गर्नुभएको थियो भने अध्यक्ष बस्नेतले स्वागत तथा साधारण सभाको औचित्यमाथि प्रकाश पारेकी थिईन् । अधिवेशनमा केन्द्रीय अध्यक्ष थमन बहादुर बस्नेत, गोरखा, तनहुँ, सुर्खेत समाज एवं गैरधनकुटेली श्रीपाली बस्नेत समाजका अध्यक्ष युवराज बस्नेत लगायतले  शुभकामना  सन्देश दिएका थिए।

श्रीपाली बस्नेत, खबतरी बस्नेत, खुलाल बस्नेत, लामिछाने बस्नेत गरी बस्नेत थरका शाखा ४ किसिमका हुन्छन्। श्रीपाली बस्नेतका सन्तान ऐतिहासिक कालखण्डमा राज्यको महत्वपूर्ण सैनिक र प्रशासनिक नेतृत्वमा बसेका युद्धबीर योद्धा अभिमानसिंह बस्नेत समेतको नेपाल एकिकरणमा ठुलो योगदान छ। नेपालको इतिहासमा कोत पर्व, भण्डारखाल पर्व जहाँ बस्नेत भारदार बढी हताहत भएकोले बस्नेत पर्वका रूपमा चिनिन्छ। नेपालमा हाल काठमाडौं, गोरखा, तनहुँ, बाग्लुङ सहित पूर्वमा झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम लगायतका जिल्लामा ठूलो संख्यामा श्रीपाली बस्नेत छरिएर बसेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *