सृजना सामुदायिक वनको १३ औं बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा लेखनाथ प्रसाई निर्बिरोध चयन

एलएन गच्छदार

सुन्दरहरैंचा/ माघ १७ गते

मोरङ सुन्दरहरैंचा नगरपालिका वडा -७ मा रहेको सृजना सामुदायिक वन उपभोक्ता समितिको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार संचालन भएको कार्यक्रम उदघाटन सत्र सलकपुर सवडिभिजन वन कार्यालयका प्रमुख बिजय प्रजाको प्रमुख आथित्यतामा संचालन भएको सो कार्यक्रममा प्रगति प्रतिवेदन तथा भावि कार्ययोजनाको बारे सामुदायिक वनका अध्यक्ष भक्ति प्रसाद सिटौलाले प्रस्तुत गरेका थिए।

सिटौलाले २०६० सालदेखि नै अध्यक्ष पदमा रहेर काम गर्दै आउँदा गाई बस्तु चरण क्षेत्र बन्दै गएको वनलाई वृक्षारोपण कार्य गरी अहिले हरियाली बन्दै गएको छ। अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सिटौलाले हाल यस सामुदायिक वनमा ५ सय ९८  बाट यस वर्ष ८ सय ७८ घरधुरी उपभोक्ता रहेको र आगामी दिनमा पनि यसै गरी बृहत रुपमा सदस्य संख्या बढाउने गरी अघि बढाउदै लाने योजना बुन्दै  सामुदायिक वनलाई अगाडि बढाउन निरन्तर आफ्नो श्रमलाई खर्चेको धारणा प्रस्तुत गरेका छन्  ।

गत वर्षको कार्य योजना अनुसारको कार्य योजना बमोजिम ढला पडा रुख काटी चट्टा लगाई उपभोक्तालाई वितरण साथै वृक्षरोपण, बिरुवा गोड तालिम गोष्ठी, बाटो मर्मत कार्य गरी सिटौलाले सफल कार्यकाल २० वर्ष बिताएका छन। आर्थिक विपन्न भएको परिवारमा दाहसंस्कारका घरपरिवारलाई निःशुल्क दाउरा वितरण समेत वनले गर्दै आएको छ।  हालको नक्सा बमोजिम वनको क्षेत्रफल १५४.६६ हेक्टर रहेको र त्यस मध्ये उत्पादन शीलवनको क्षेत्रफल १२३.६ हेक्टर फैलिएको छ।  वनको श्रोत र साधन नियमले भ्याए सम्म आवश्यकता हेरी समानुपातिक रुपमा बिक्री गरिएको व्यहोरा अवगत गराएको छ।

आर्थिक वर्ष २०७९-०८० लेखासमिति प्रतिवेदन लेखा संयोजक डण्ड बहादुर खड्काले प्रतिवेदन प्रस्तुत गरेका थिए ।  लेखा संयोजक खड्काले वन संरक्षणको शिलशिलामा काम गर्ने कर्मचारीलाई बनमा काम गर्न निकै जोखिम युक्त काम भएको हुँदा सम्बन्धित कर्मचारीहरुको जीवन विमाको व्यवस्था मिलाउनुपर्ने, समूहका पदाधिकारीहरु लाई अभिमुखीकरण तालिम गराउनुका साथै नीति नियम, निर्देशिका अध्ययन गर्ने गराउने व्यवस्था मिलाउनु पर्ने  सुझाव पेश गरेका थिए।

नगदको कारोबार गर्ने सिलसिलामा सम्बन्धित पदाधिकारीहरुले बिना प्रयोजन रकम लिएको, चलाएको पाइएको हुँदा त्यस्तो रकम तुरुन्त असुल उपर गरी आउँदा दिनमा यसरी व्यक्तिगत तवरले संस्थाको रकम लिन/ दिन नमिल्ने गरी नियमन तथा अनुगमन गर्नु पर्ने धारणा लेखसंयोजक खड्काले आफ्नो प्रतिवेदनमा समेत उल्लेख गरेका छ्न।

१३औं बार्षिक साधारणसभाले उत्कृष्ट हेरालु कर्मचारी युवराज कट्टुवाल, सलकपुर सशस्त्र वन रक्षक सुरक्षा शाखा कार्यालय प्रमुख कुमार बस्नेत लगायतलाई सम्मान गरेको थियो। कार्यक्रममा स्थानिय क्षेत्रका समाजिक व्यक्तित्व तथा सामुदायिक वनका सल्लाहकार रबिन्द्र आचार्य, नागेश पोख्रेल, वडा अध्यक्ष भुवनसिंह आलेमगर लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।

चुनावि साधारणसभा भएको सो कार्यक्रममा अगामी कार्यसमितिमा आगामी कार्यकालका लागि लेखनाथ प्रसाई अध्यक्ष  पदमा निरविरोध चयन भएका छन् ।  त्यसैगरी उपाध्यक्षमा तारा अधिकारी, सचिवमा  बिदुर दाहाल , कोषाध्यक्षमा  बालकृष्ण रेग्मी सर्वसहमत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा शिव भट्टराई भोजपुरे,देवराज आचार्य, सुवास आचार्य, टिकाराम लुइँटेल, चैतन्य प्रसाद उप्रेती, शुसिला बिश्वकर्मा,तिला चौधरी, कला राई, सरिता बस्नेत, रमेश आचार्य र इन्द्रमाया केसी सर्वसहमत निर्बिरोध चयन भएका छन ।

अर्को तर्फ आन्तरिक लेखा समितिमा डण्ड बहादुर खडका पुन: निर्बिरोध चयन भएका छन् भने सदस्यमा हिम बहादुर कटुवाल र तारा पराजुली चयन भएका छन् ।

भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोस :-

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ