साजीलाल माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस


माघ १८ गते
मोरंगको सुन्दरहरैंचा-६, दुलारीमा रहेको साजीलाल माध्यमिक विद्यालयले “साजीलालको प्रण, अपेक्षा र इच्छा प्रभावकारी शिक्षण, गुणस्तरीय शिक्षा”को मूल नारा संगै ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको छ ।
साजीलाल माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमहरुः माघ १८ गते आन्तरिक खेलकुद कार्यक्रम, १९ गते आन्तरिक खेलकुद तथा अन्तर मा.वि. हाजिरीजवाफ, २० गते विद्यालय सरसफाइ तथा साँझमा दीप प्रज्वलन, २१ गते अक्षयकोषदाताबाट प्रदान गरिने छात्रवृत्ति वितरण पुरस्कार वितरण, विविध साँस्कृतिक कार्यक्रम, २२ गते विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत, साँस्कृतिक कार्यक्रम, पुरस्कार वितरण कार्यक्रम, मुखपत्र विमोचन हुने बिधालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *