नेत्र चौलागाईंको ‘एक इट्टा अभियान’ बाट निर्माण हुने भयो पाथीभरा मन्दिर

एलएन गच्छदार

 सुनसरी जिल्लाको इनरुवा नगरपालिका–७ मा अवस्थित पाथीभरा माताको मन्दिर निर्माण हुने भएको छ।

बुधबार एक विशेष कार्यक्रमका बीच मन्दिरको जग पूजा सम्पन्न गरिएको छ। समाजिक अभियन्ता नेत्र चौलागाईंको ‘एक इट्टा अभियान’ अन्तर्गत स्थानीय श्रद्धालुहरूको सहयोगमा मन्दिर निर्माण कार्य अघि बढाइने भएको छ।

करिब १ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण हुने उक्त मन्दिर धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि महत्वपूर्ण रहने चौलागाईंले बताए। उनले मन्दिरको निर्माण छिट्टै सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्दै यसले स्थानीय पर्यटन र धार्मिक आस्थाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

स्थानिय बासिन्दा तथा भक्तजनहरूले मन्दिर निर्माण अभियानमा साथ दिइरहेका छन्। यो परियोजनाले धार्मिक एकता र सामुदायिक सहभागितालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *