कांग्रेसभित्रको विभाजनले बाहिरकालाई फाइदा पुग्छ : पार्वती गच्छदार

१५औँ महाधिवेशनकी क्षेत्रीय प्रतिनिधि गच्छदारले सुन्दरहरैंचा–२ मा देखिएको दुई सभापतिको अवस्थालाई सहमतिबाट समाधान गर्नुपर्ने बताइन्

 सुन्दरहरैंचा

मोरङको सुन्दरहरैंचा नगरपालिका–२ मा नेपाली कांग्रेस वडा कार्यसमितिको आयोजनामा सम्पन्न शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेपाली कांग्रेसकी १५औँ महाधिवेशनकी क्षेत्रीय प्रतिनिधि पार्वती गच्छदारले पार्टीभित्रको एकता र संगठन सुदृढीकरणमा जोड दिएकी छन्।

कार्यक्रममा बोल्दै गच्छदारले पार्टीभित्र देखिएको विभाजनले बाहिरका शक्तिलाई फाइदा पुग्ने बताउँदै आपसी मतभेदलाई संवाद, समन्वय र सहमतिमार्फत समाधान गर्नुपर्ने धारणा राखिन्।

उनले सुन्दरहरैंचा–२ मा देखिएको दुई सभापतिको अवस्थालाई अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताइन्। व्यक्तिगत तथा गुटगत स्वार्थभन्दा पार्टीको हितलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले कार्यकर्ताबीच आपसी सद्भाव र सहकार्य आवश्यक रहेकोमा जोड दिइन्।

गच्छदारले पार्टीभित्र मतभेद हुनु स्वाभाविक भए पनि त्यसलाई लम्ब्याउँदा संगठन कमजोर हुने भन्दै सबै पक्षलाई एकताका लागि पहल गर्न आग्रह गरिन्।

नेपाली कांग्रेसलाई स्थानीय तहदेखि नै बलियो बनाउन नेतृत्व र कार्यकर्ताबीच संवाद आवश्यक रहेको उनको भनाइ थियो। उनले पार्टीभित्रको विवाद समाधान गर्दै संगठनलाई जनतासँग जोडेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरिन्।

कार्यक्रममा कांग्रेसभित्रको आन्तरिक विवाद समाधान, आपसी एकता र संगठन सुदृढीकरणका विषयमा विभिन्न वक्ताहरूले धारणा राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *