प्रदेश–१ का मुख्यमन्त्री कार्कीले शपथ लिँदै, आजै मन्त्रिमण्डल विस्तार

इटहरी । प्रदेश–१ का नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (सोमबार) शपथ ग्रहण गर्ने भएका छन् । उनलाई आज दिउँसो २ बजे प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराउने तयारी गरेका छन् ।

नव नियुक्त मुख्यमन्त्री कार्कीको शपथ ग्रहणका लागि आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठक मंगलबार ११ बजेसम्मका लागि सूचना टाँसेर प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले जानकारी गराएका हुन् । 

कार्कीसँगै अरु चार मन्त्रीले समेत शपथ ग्रहण गर्ने तयारी छ । नव नियुक्त मुख्यमन्त्रीले पाँच सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । उनले एमाले, माओवादी केन्द्र, राप्रपा र जनता समाजवादीबाट १÷१ जना मन्त्री नियुक्त हुने बताएका हुन् ।

मन्त्रीमा एमालेबाट ताप्लेजुङ १(१) बाट निर्वाचित तीलकुमार मेन्याङ्बो, माओवादी केन्द्रबाट ताप्लेजुङका दुर्गाप्रसाद चापागाई, राप्रपाबाट दलका नेता झापाका भक्तिप्रसाद सिटौला र जनता समाजवादीका एक्ली प्रदेश सांसद निर्मला लिम्बूले शपथ लिने तयारी गरेका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ