सुन्दर हरैंचामा एक दिनको फरकमा श्रीमान-श्रीमतीको मृत्यु, एकै चित्तामा अन्त्येष्टि !

इटहरी । विवाह गर्दा ‘सँगै बाँच्ने, मर्ने कसम खाए पनि यो वाचा धेरैको पूरा हुँदैन तर, सुन्दरहरैचामा भने यो अनौठो घटना साथै संयोग भएको छ।मोरङको सुन्दरहरैचास्थित वार्ड नं १० निवासी एक बृद्ध दम्पतिको एक दिनको फरकमा मृत्यु भएको हो।

मंगलबार ८९ बर्षको उमेरमा पति पदम बहादुर बुढाथोकीको मृत्यु भएको थियो भने ७९ बर्षको उमेरमा उनकी पत्नी शिवमाया बुढाथोकीको मृत्यु भएको छ। दुबैको बुधबार लोहोन्द्रा खोलामा एकै चित्तामा अन्त्येष्टि गरिएको आफन्तले जनाएका छन्। यस्तो निधनको संयोग विरलै मात्र हुने भन्दै स्थानीयले आश्चर्य प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *