सुकुना माविमा पोषण प्रदर्शनी तथा योग प्रतिष्पर्धा कार्यक्रम

एलएन गच्छदार
सुन्दरहरैंचा/ अषाढ ७ गते
स्वस्थ जीवनका लागि सन्तुलित आहार, खाद्य तथा पोषण सुरक्षा जीवनको आधार नै चाहिन्छ । कोशी प्रदेशकै उत्कृष्ट विधालयको रुपमा रहेको सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको सुकुना माध्यमिक विधालयले स्टल सहित राखेर पोषण परिकार प्रदर्शनी गरेका छन । मानव शरीरको स्वास्थ्यलाई मध्यनजर गर्दै पोषण तथा खाद्य सुरक्षामा सुधार ल्याउनका लागि यस्तो किसिमको प्रदर्शनी आयोजना गरेको साहायक प्रध्यानाध्यापक राजेन्द्र गिरीले बताउनुभयो ।

विद्यार्थिको पोषण र स्वास्थ्य स्थितीमा सुधार ल्याई सिकाई उपलब्धि वृद्धि गर्नको लागि विद्यार्थि पोषण कार्यक्रम सञ्चालन गरेको सहायक प्रध्यानाध्यापक गिरीले बताउनुभयो ।
सो अवसरमा अध्ययनरत विधार्थी, अभिभावकलाई सचेत गराउन पौष्टिक तत्व दिने खानेकुराको चित्र तथा खाद्य बस्तु प्रदर्शनी गरिएको छ ।

दशौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा विद्यालयले योग र आयुर्वेद शिक्षाअन्तर्गत विधार्थीहरुका बिच योग प्रतिष्पर्धा सम्पन्न गरिएको छ। नेपाल सरकार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र विराटनगर मोरङका प्रमुख डा . केनिन राई, बरिष्ठ कविराज वैजनाथ साह लगायतको उपस्थितिमा विद्यार्थी योग प्रतिष्पर्धा (सर्वाङ्ग सुन्दर, सूर्य नमस्कार र यौगिक जोगिङ) गरी समापन भएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ