“मेरा श्रीमान बचाइदिनुहोस्” आँसुमा भिजेको विन्ती सुनेर सांसद डा. सुनिल शर्मा मानवताको उदाहरण बने

एलएन गच्छदार / सुन्दरहरैंचा 

सुन्दरहरैंचा नगरपालिका–१ पचामका ४० वर्षीय विद्या खवासको घरमा आजकाल दुःखको कालो बादल मात्र मडारिएको छ। ठेला–रिक्सा चलाएर दुई छोरी र श्रीमतीसँग गुजारा चलाउँदै आएका विद्या, आर्थिक अभावका कारण बिरामी परेपछि उपचार नै गर्न नसक्ने अवस्थामा पुगेका छन । सुरुमा सामान्य क्लिनिकमा उपचार गर्दा रोग झन् बल्झियो, सुन्दरहरैंचा नगर अस्पताल पुगेपछि चिकित्सकले मृगौलामा गम्भीर समस्या रहेको परिवार स्रोतले बतायो . तुरुन्तै सुविधासम्पन्न अस्पतालमा लैजान सुझाए।

तर, पेट पाल्नै धौधौ परिरहेको परिवारसँग उपचारका लागि लाखौं रकम जुटाउने शक्ति कहाँ छन र? यही असहाय अवस्थाबीच श्रीमती तारा कुमारी माझीले आँखाभरि आँसु पोख्दै, काँपिरहेको स्वरमा सो क्षेत्रका सांसद माननीय डा. सुनिल कुमार शर्मासामु विन्ती गर्छिन  —
माननीयज्यू, मेरा श्रीमान बचाइदिनुहोस्… अब तपाईंको आश्रय बाहेक हामीसँग अर्को बाटो छैन।”

यो करुण आवाजले मात्र होइन, त्यहाँ उपस्थित सबैको मन छोयो। तत्कालै वडा अध्यक्ष राम विश्वास खवासले पनि सांसद शर्मासँग उपचार निःशुल्क गरिदिन अनुरोध गरे। मानवीय संवेदनामा विगतदेखि नै अग्रसर रहेका सांसद डा. शर्मा त्यो पीडा देखेर चुप बस्न सकेनन्। उनले नोबेल मेडिकल कलेजका सञ्चालकको नाताले तुरुन्तै पहल गर्दै विद्या खवासको उपचारमा १००% छुट दिने व्यवस्था गरे र साथै ३० हजार रुपैयाँसम्मको औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गराए।

स्थानीयका आँखामा अहिले राहतको आँसु छ , किनकि यो सहयोगले विद्या खवासको जीवन बच्ने आशा पलाएको छ। “माननीय डा. शर्मा केवल राजनीतिज्ञ होइनन्, असल मानिसको पनि प्रतिरूप हुन्” भन्ने आवाज गाउँभर गुन्जिरहेको छ।

आज, विद्या खवासको घरमा निराशाको अँध्यारो चिर्दै आशाको प्रकाश झाझ्ल्किदै  छ। उनलाई यो रिपोर्टिंग तयार गर्दा सम्म नोबेल मेडिकल कलेज उपचारका लागि लागिएको छ .

मानवीयता, सहानुभूति र समाजप्रतिको जिम्मेवारीको यस्तो ज्वलन्त उदाहरणले फेरि प्रमाणित गरिदिएको छ — साँचो नेतृत्व भनेको केवल भाषण होइन, कठिन समयमा हात अघि सार्नु हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *