लेटाङ–९ जाँतेका सुजनकुमार पूर्वछाने मगर ‘जगतगुरु’ सम्मानित

सुन्दरहरैंचा –   शिवशक्ति बाबाका नामले परिचित लेटाङ–९ जाँतेका सुजनकुमार पूर्वछाने मगरलाई “जगतगुरु” सम्मान प्रदान गरिएको छ। सोमबार लेटाङ–९ जाँतेस्थित शिवशक्ति बाबाको आश्रममा आयोजित भव्य समारोहबीच उनलाई औपचारिक रुपमा जगतगुरु घोषणा गरिएको हो।

तान्त्रिक विद्या प्रयोग गरी विभिन्न रोगको उपचार गरेर चर्चामा आएका शिवशक्ति बाबालाई सनातन धर्म सम्मान समारोह, नरेन्द्र मोदी विचार मञ्च (भारत), अन्तर्राष्ट्रिय सन्त वैदिक मञ्च, इन्डो–नेपाल रिलेसन एन्ड पिस फाउन्डेसन, विश्व वैदिक गुरुकुल फाउन्डेसन र माँ नर्मदा देवी कलश यात्रा (१०८ देश) का संयोजक संस्थाहरूले संयुक्त रूपमा “महामण्डलेश्वर” र “जगतगुरु” उपाधि प्रदान गरेका हुन्।

कार्यक्रममा धार्मिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पुर्‍याइएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको आयोजकहरूले बताएका छन्।

यस्तै, सोही अवसरमाझाक्री संघका अध्यक्ष  प्रकाश भुजेललाई “मानार्थ डाक्टर” उपाधि  प्रकाश भुजेललाई “मानार्थ डाक्टर” उपाधि पनि प्रदान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *