पचाममा टिपरले कारलाई ठक्कर दिंदा
सुन्दरहरैंचा
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१ पचाम बुधबार बिहान करिब ७ बजेर १० मिनेटमा टिपरले कारलाई ठक्कर दिएको छ ।
घिनाघाट सडक खण्डमा बिराटनगर बाट बिराटचौक तर्फ जादैँ गरेको प्रदेश१-०१-००२ प ७८४ नम्बरको कारलाई सोही दिशा तर्फ जादैँ गरेको मधेश प्रदेश-०३-००१ ख ८५४७ नम्बरको टिफरले पछाडी बाट ठक्कर दिदाँ कारको बायाँ भागमा क्षति भएको हरैंचा ईलाका प्रहरी कार्यालयले जनाएको छ।
मानवीय क्षति नभएको र टिफर चालक फरार रहेकोले खोजी कार्य जारी रहेको बुझिएको छ।
