दुलारी सरोकार मन्चमा आगामी कार्यकालका लागि अध्यक्षमा हिरण्य कालाखेती (अर्जुन) निर्वाचित

दुलारी सरोकार मन्चको तेस्रो बार्षिक साधारण सभाबाट अध्यक्षमा हिरण्य कालाखेती (अर्जुन) निर्वाचित भएका छन्। शनिबार मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -६ मा रहेको साजीलाल माविको सभाहलमा भएको सो साधारण सभाबाट कालाखेती निर्वाचित भएको हो।

उपाध्यक्षमा चिरञ्जीवी रेग्मी, महासचिवमा निरोद सुवेदी, सचिवमा बिमल भट्टराई, कोषाध्यक्षमा उमा सुवेदी, सदस्यहरुमा ज्ञानेन्द्रपुरी, नगेन्द्र प्रसाद सिग्देल,लीलाप्रसाद अधिकारी ,मातृका दाहाल ,अर्जुन कार्की , तीर्थकुमार पोखरेल निर्वाचित भएका छन्।
दुलारी सरोकार मन्चले सामाजिक कार्य गर्दै समाजमा उदाहरणीय काम गर्दै आएको छ भने आगामी दिनमा समाजका निम्ति रचनात्मक भूमिका निर्वाह गर्ने नवनिर्वाचित अध्यक्ष हिरण्य कालाखेती (अर्जुन) ले बताएका छन।

निर्वाचन समिति संयोजक सन्जु शिवाकोटीको संयोजकत्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक समाज सुन्दरहरैचाका अध्यक्ष रामकुमार कार्की, नागरिक समाज सुन्दरहरैचाका सचिव तथा गछिया जेसिजका संस्थापक अध्यक्ष दुर्गाप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *