मोरङको सुन्दरहरैचामा हात्ती आतंक
बिराटनगर : मोरङको सुन्दरहरैचा ५ स्थित लाटीझोडामा गएराती जंगली हात्तीले आतंक मचाएको छ। गएराती जंगली हात्ती मानव बस्तीमा पस्दा केहि को घरको ढोका भत्काएको छ। त्यस्तै हात्तीले फ्रिज र किचन रर्याक फालिदिएको स्थानीयले बताएका छन्।
हात्ती धपाउन लाटीझोडाका स्थानीयहरुले रातभर जाग्राम बसेका थिए। हात्ती आहाराका लागि बस्ती छिर्न थालेपछि स्थानीय त्रसित बन्नुपरेको छ । लाटीझोडाकी स्थानीय बिनिता फुयाल चापागाईका अनुसार हात्तीको आतङ्कले स्थानीय बासिन्दालाई त्रास पारेको भन्दै बिजुली बत्ती आवश्यक रहेको बताईन्।
हात्ती आतंक बढेकाले यस स्थानमा बिजुली बत्ती राख्न वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुलाई ध्यानाक्रषण समेत गराएको बताईन्। साथै उनले जङ्गल नजिकको घर परिवारहरु सचेत रहन पनि अपनाउन आग्रह गरेकी छन्। झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ भने धेरैले ज्यान समेत गुमाईसकेका छन्।
