हसिना सिमसारमा फलैचा प्रदान वृहत सरसफाई तथा वृक्षारोपण

बिराटनगर : मोरङको सुन्दरहरैचा ५ स्थित पर्यटकीय स्थल हसिना सिमसार क्षेत्र शनिबार पति दयाराम रिजालको स्मृतिमा ९० वर्षिय पत्नी हरिमाया रिजालले फलैचा प्रदान गरेको छोरा राम रिजालले जानकारी दिए।

यस्तै,पति लक्ष्मी प्रसाद न्यौपानेको स्मृतिमा पत्नी कौशिला न्यौपानेले पनि सिमसार क्षेत्रमा फलैचा प्रधान गरेको छोरा तथा नमुना सामुदायिक वन,हसिना सिमसार अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिए। साथै हसिना सिमसारमा विभिन्न टोल विकासका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा वृहत सरसफाई तथा वृक्षारोपण पनि गरिएको छ।

सिमसारमा ३ हजार बिरुवा रोप्ने लक्षका साथ अभियान संचालन गरिएको भएको पनि अहिले त्यो भन्दा बढी बिरुवा रोपिएको अध्यक्ष न्यौपानेले बताए। फलफूलका सबै बिरुवा सव डिभिजन वन कार्यालय लाटी झोडाले निशुल्क रुपमा उपलब्ध गराएको र विभिन्न टोल विकासक प्रमुख तथा प्रतिनिधिहरुको श्रमदान मार्फद रोपिएको नमुना सामुदायिक वन उपभोक्ता समितका सदस्य उदय फुयालले बताए।

सिमसारमा सरसफाई तथा बिरुवा रोप्ने अभियान भाद्र महिनाको अन्तिमसम्म चल्नेछ। अध्यक्ष न्यौपाने नेतृत्वमा आएपछि अहिले सिमसारमा विकास निर्माणको कामले गति लिएको छ। विकास निर्माणको सबै काम सकिएपछि बार्षिक रुपमा पचास हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको अध्यक्ष न्यौपाने बताउछन्।

कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य सिमसार क्षेत्र लगभग ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ भने हाइवे बाँसबारी चोक देखि करिब ५ किलोमिटर उत्तरमा पर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *