सिरहामा १४ वर्षीया किशोरीलाई सामुहिक बलात्कार
सिरहा । सिरहामा एक १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ भने अर्का युवक फरार भएका छन् ।
सिरहा नगरपालिका–२२ की किशोरीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २४ वर्षीय सन्तोष यादव पक्राउ परेका हुन् । बलात्कारमा संलग्न सोही ठाउँका २३ वर्षीय सरोजकुमार यादव भने फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीका अनुसार केही दिनअघि उनीहरुले किशोरीको घरमै गएर जबरजस्ती करणी गरेका थिए । करणीपछि फरार सन्तोषलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक शंकर चौधरीले जानकारी दिए । किशोरीका अभिभावकले दुवै युवकविरुद्ध किटानी जाहेरी दिएका छन् । फरार सरोजको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




