इटहरीमा प्रतिवन्धित लागू औषध सहित झापाका मदन पक्राउ

इटहरी । इटहरी प्रहरीले प्रतिवन्धित लागू औषध सहित एकजनालाइ नियन्त्रणमा लिएकाे छ । इटहरी उपमहानगर ४ स्थित भित्री गल्लीमा प्रतिवन्धित लागू औषध सहित झापा दमक न.पा.वडा नं. १ बस्ने मदन लिम्बुलाइ प्रहरीले पक्राउ गरेकाे हाे । भित्री गल्लीमा लागू औषध बेच बिखन भइरहेकाे सुचना पाएपछि तत्काल घटनास्थल पुगेकाे प्रहरीले शंकासपद ब्याक्ती देखेपछि खाेजतलाश शुरू गरेकाे थियाे । 

बाटाेमा शंकासपद अवस्थामा भेटिएका मदनकाे जिउ खान तलाश गर्दा कालाे रंगकाे प्लास्टिक झाेलाभित्र LUPIGESIC ४६ एम्पुल ,DIAZEPAM ९६ एम्पुल र PHENERGAN ४६ एम्पुल समेत बरामद गरेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । पक्राउ परेका मदन बिरूद्ध लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट ७ दिनकाे म्याद लिएर थप अनुशन्धान भइरहेकाे इटहरी प्रहरीले जनाएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ