लाटीझोरा साझेदारी बन ब्यबस्थापन उपभोक्ता समुहका अघिल्लो कार्यसमितिलाई सम्मान सहित बिदाई

एलएन गच्छदार
मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा – ६ मा रहेको लाटीझोरा साझेदारी बन ब्यबस्थापन उपभोक्ता समुहले यस भन्दा अघिल्लो कार्यसमितिमा रहेका रुद्र प्रसाद पोख्रेल नेतृत्वको समितिलाई स-सम्मान बिदाइ गरिएको छ। साझेदारी बन ब्यबस्थापन समुहको नयाँ अध्यक्षमा निर्वाचित भएका यशोन (मिलन ) श्रेष्ठको अध्यक्षतामा भएको एक कार्यक्रम बीच सम्मान तथा बिदाई गरीएको थियो ।

साथै अघिल्लो र बर्तमान समिति,सहित सब डिभिजन बन कार्यालय लाटीझोराले संयुक्त रुपमा बन क्षेत्रको अगुमन समेत गरेको थियो। उपभोकतालाई बनको संरक्षण तथा ब्यबस्थापन प्रत्यक्ष सहभागिता गराई बन पैदावारको सुनिश्चतता प्रदान गर्नुका साथै बन माथिको परम्परागत अधिकारको संरक्षण समेत गरेको छ।
श्रेष्ठले आफ्नो पद भार ग्रहण गर्दै बनक्षेत्र भित्र हुने तस्कार, हेरालु कर्मचारी जोखिम मोलेर काम गर्नु साथै बन्यजन्तुको चोरी शिकारी संगै, हाती आतंक लगायत् संरक्षणमा धेरै चुनौती भएपनि पनि सबैको साथ् सहयोग हुनुपर्ने बताए।

त्यसैगरी निवर्तमान अध्यक्ष रुद्र प्रसाद पोख्रेलले आफ्नो २ कार्यकालको अनुभव सुनाउदै बर्तमान समितिलाई सफलता शुभकामाना तथा बधाई दिदै दिगो बन ब्यबस्थापन भन्दा बैज्ञानिक बन प्रणालीलाई अंगाल्न सके संरक्षण हुने धारणा व्यक्त गरे।

लाटीझोरा बन क्षेत्र २ हजार ५ सय ६४ दसमलब ९४ हेक्टर मध्ये साझेदारी बनको रुपमा १ हजार ६ सय ८४ दशमलब ७४ हेक्टर रहेको छ। पुर्वमा गछिया खोला पश्चिममा मोरंग सुनसरी जिल्लाको बढीखोला उतरमा कालापानी, आहाले र दीपज्योति सामुदायिक बनको सिमाना तथा दक्षिणमा नमुना हरियाली, सिद्धार्थ र सुन्दर सामुदायिक बनको सिमाना सम्म फैलिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *