बिष्फोटक पदार्थ सहित संखुवासभाबाट २ जना पक्राउ

योगेन्द्र योगी
बिराटनगर : संखुवासभाको चैनपुर नगरपालिका- ११ सभाखोलाबाट बिष्फोटक पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरी टोलीले को.१७ प ११८९ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकलमा सवार खाँदबारी नगरपालिका- ९ तुम्लिङटारका २७ बर्षीय बिकाश कुमालले पछाडी भिरेको झोला भित्रबाट बिष्फोटक पदार्थ डेटोनेटर- २ थान, निओजेल- २०० ग्राम, बारुद १०० ग्राम र धारिलो हतियार खुर्पा बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

उनीसँगै बिष्फोटक पदार्थ ओसार पसारमा संलग्न मोटरसाईकल चालक स्थानीय २७ बर्षीय बसन्त कुमाललाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । मुलुकी अपराध संहिता २०७४, बिष्फोटक पदार्थ सम्वन्धी कसुर मुद्दामा म्याद थप गरी घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरले अनुसन्धान गरिरहेको छ ।

यार्सागुम्बा सहित एक पक्राउ

इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको चेकिङ टोलीले चैनपुर नगरपालिका वडा नम्वर-३ पोखरी बजारमा सवारी साधन चेकजाँच गर्ने क्रममा चैनपुर नगरपालिका वडा नम्वर-२ चित्लाङबाट चैनपुरतर्फ आउदै गरेको प्रदेश १-०२-०४१ प ४६०२ नम्वरको मोटरसाईकल सहित एक जनालाई पक्राउ गरेको छ ।

मोटरसाईकल चालक पाँचखपन नगरपालिका वडा नम्वर-९ चौरीखर्क घर भई हाल चैनपुर नगरपालिका वडा नम्वर-४ बस्ने बर्ष ३९ को रिम कुमार लिम्बुले बोकेको झोलाभित्र लुकाई छिपाई राखेको छुटपुर्जी नभएको ४४४ ग्राम यार्सागुम्बा र एक लाख एघार हजार समेत फेला पारेको छ ।

फेला परेको सामान सहित आवश्यक कारवाहिको लागि डिभिजन वन कार्यालय खाँदबारी संखुवासभा बुझाइएको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी गरी फरार लिम्बु पक्राउ

जबरजस्ती करणी गरी फरार रहेका संखुवासभाको सभापोखरी गाँउपालिका वडा नम्बर ६ कोक्तासिं बस्ने बर्ष ५३ को ज्वाने भन्ने धन बहादुर लिम्बुले परिवर्तित नाम संखुवासभा-(ञ) लाई प्रहरी पक्राउ गरेको छ ।

जबरजस्ती करणीको उजुरीको आधारमा निज प्रतिवादीलाई खोजतलास गर्दा प्रहरी चौकी बाह्रबिसेबाट खटिएको प्रहरी टोलिले कोक्तासिं स्थित निजकै घरमा फेला पारी नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *