गायक इश्वर श्रेष्ठले ल्याए “छ माछी जालौमा गीतको नयाँ भर्सन”

शनिबार ललितपुरको अलग आर्ट हबमा गणतन्त्र दिवसको दिन एक कार्यक्रमको आयोजना गरेर गायक इश्वर श्रेष्ठले उक्त गीत र गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।बिमोचन कार्यक्रमको प्रमुख अतिथिमा गीतकार भरत बम्जन हुुनुन्थ्यो भने विशिष्ट अतिथिहरुमा गीतकार बाबुकाजी थापा, संगीतकार, गायक तथा अलग आर्ट हबका संगीत प्रशिक्षक मण्डल साम्पाङ्ग हुनुहुन्थ्यो भने कार्यक्रम र्सचालन आर.सि. चौधरीले गरेका थिए

इश्वर श्रेष्ठ र एलिना उदासको को स्वरमा रहेको उक्त गीत पुरानो गीत छ माछी जालैमा को पुनर्रेकडिङ्ग गरिएको गीत हो । रेडियो नेपालको पूर्व कर्मचारी बाबुकाजी थापाको लय तथा संकलनमा रहेको उतm गीतको ओरिजिनल गायक राम थापा तथा सुनिता सुब्बा हुनुहुन्छ । यो गीतलाई म्युजिक नेपालको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ भने ४४ भन्दा बढी डिजिटल प्लाटफर्ममा पनि वितरण गरिएको छ ।

यस्तै गीतको म्युजिक भिडियोमा ईश्वर श्रेष्ठ आफै र सृष्टि सुब्बाले अभिनय गरेका छन् ।

गीतको म्युजिक एरेन्ज विष्णु अधिकारी, मास्टरिङ विश्व अधिकारी, र भिडियो धन खालिङले गरेका छन्

अलग आर्ट हबमा विगत २ वर्षदेखि आधुनिक सुगम संगीतको साधना गरिरहेका ईश्वर श्रेष्ठ यो गीत गाउन पाएकोमा अत्यन्तै खुशी तथा गर्व महसुस गरेका छन । गायिका एलिना उदास द भोइस अफ नेपाल सिजन ३ का प्रतियोगि हुन भने अलट आर्ट हबका विद्यार्थी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *