६९ औ प्रहरी दिवसको अवसरमा बृक्षारोपण
बिराटनगर : ६९ औ प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको परिसरमा बृक्षारोपण गरिएको छ । आज बिहान प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल सहित सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत सहित प्रहरी कर्मचारीहरुद्वारा कार्यालय परिसरमा बिभिन्न प्रजातिका रुखका बिरुवाहरु रोपिएको छ । प्रहरी दिवसको अवसरमा कोशी प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुको परिसरमा समेत बृक्षारोपण गरिएको छ ।

