पथरी शनिश्चरे वडा नम्बर १ द्वारा अति नै विपन्न परिवारलाई खाद्यान्न सहयोग


पथरिशनिश्चरे, समाचारदाता, असोज -२४ गते
मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभिन्न चाडपर्वहरू मनाउन ५० अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ।
आज बिहिबार वडा कार्यालयको परिसरमा “विपन्नसँग वडाध्यक्ष कार्यक्रम” अन्तर्गत वडाभित्रका अति नै विपन्न ५० परिवारलाई खाद्यान्नवापत २५ केजीको एक बोरा चामल र २ केजी तौलको सिंगो कुखुराको मासु वितरण गरेको हो ।
अरुको जस्तै यी विपन्नहरूको पनि घर आँगनीमा दशैँ जस्ता चाडपर्वहरू आउन सकोस् भन्ने अभिप्रायले वडा कार्यालयबाट गरिब तथा विपन्नमध्येंबाट पनि अति नै विपन्न ५० परिवारलाई छनोट गरी खाद्यान्न प्रदान गरिएको वडा अध्यक्ष भीमकुमार राईले जानकारी दिनुभयो।
उहाँले दशैंमा आर्थिक अभावकै कारण दुई गाँस मिठो खानबाट कोहि बन्चित हुनु नपरोस् भन्ने उद्देश्यले आफ्नो वडाले आगामी वर्ष वर्षहरूमा पनि खाद्यान्न जोहो गर्न नसक्ने अति विपन्न परिवारलाई यसै गरी दशैं सहित चाडपर्व मनाउन वितरण गर्ने पनि जनाउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *