सुन्दरदुलारी उद्योग बाणिज्य संघको आयोजानामा रक्तदान कार्यक्रम सम्पन्न

सुन्दरदुलारी उद्योग बाणिज्य संघको आयोजानामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैंचा नगरपालिका वडा -३ गछियामा गत वर्ष झैं यसवर्ष पनि फुलपातिको अवसरमा आयोजना गरिएको अध्यक्ष जीवन डुंगानाले बताए।

चाडपर्वको बेला विशेष रगत अभाव हुने र रगत अभावका कारण कोही पनि अकालमा ज्यान नगुमाओस भनेर सो कार्यक्रम गरेको बताए।

रक्तदान कार्यक्रममा २८ जना बढी रक्तदाताले रक्तदान गरेका थिए । सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाले प्राविधिक संयोजन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *