चट्याङ लागेर ३ जनाको मृत्यु
चट्याङ लागेर ३ जनाको मृत्यु
झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-२ का ४६ बर्षीय राजन खड्का काम गर्न खेत तर्फ जाने क्रममा अचानक परेको चट्याङले लागेर घाईते भएकोमा उपचारको लागी आम्दा अस्पताल दमक पुर्याउना साथ उनको मृत्यु भएको हो ।
यसैगरी गौरादह-८ का ४२ बर्षीय बिकास गिरीलाई खेतमा काम गरीरहेको अवस्थामा चट्याङले लागी घटनास्थलमै मृत्यु भएको हो । यस्तै सुनसरीको रामधुनी नगरपालिका-४ का ३० बर्षिय उमेश कुमार चौधरीलाई समेत खेतमा काम गरीरहेको अवस्थामा चट्याङ लागेर घाईते भएकोमा उनको बिराट टिचिङ हस्पिटल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।