सिद्धार्थ सेकेण्डरी एसईईमा सुन्दरहरैंचाकैउत्कृष्ट नतिजा निकाल्न सफल
सिद्धार्थ सेकेण्डरी एसईईमा सुन्दरहरैंचाकैउत्कृष्ट नतिजा निकाल्न सफल
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलका शतप्रतिशत विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन् । यस वर्ष सिद्धार्थका ६२ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।
सिद्धार्थमा अध्ययनरत ६२ जना विद्यार्थी मध्ये ३९ जनाले ३.६१ देखि ३.९६ (A+), २२ जना विद्यार्थीले ३.२६ देखि ३.५८ (A) र एक जना विद्यार्थीले २.८६ (B+) ल्याएको प्रिन्सिपल अर्जुन बस्नेतले बताएका छन् । साथै सिद्धार्थ सेकेण्डरी स्कुलले एसईईमा सुन्दरहरैंचा नगरपालिका भित्रमै उत्कृष्ट नतिजा निकाल्न सफल भएको बताएका छन।
देशभर परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।