नगरद्वारा बाल दिवसको अवसरमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता

पथरी शनिश्चरे समाचारदाता, भदौ -२९ गते
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता भएको छ ।
आज पथरीको सिन भिलेज पार्टी प्यालेसमा नगरपालिकाले आयोजना गरेको निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । जसअन्तर्गत निबन्ध लेखन प्रतियोगितामा सामुदायिक विद्यालययतर्फ जनता माविकी जुनिता लम्साल प्रथम, पञ्चायत माविकी रेनशा राई दोस्रो, बुद्ध माविका निरज बिष्ट तेस्रो भए । यस्तै निजी विद्यालयतर्फ एभरेष्ट ई.बो.स्कुलकी सुहाना दाहाल प्रथम, वाल्मीकि मे.से.स्कुलकी प्रतिष्ठा खत्री दोस्रो, किरात एकेडेमीकी युनिशा रोक्का तेस्रो भए ।
यस्तै वक्तृत्वकला प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ पञ्चायत माविकी निवा चेम्जोङ प्रथम, सिंहवाहिनी माविका अग्रिम खड्का दोस्रो र सिंहवाहिनी माविकी ममता राई तेस्रो भइन् । यस्तै निजी विद्यालयतर्फ वाल्मीकि मे.से.स्कुलकी रक्षा अधिकारी प्रथम, एभरेष्ट ई.बो.स्कुलकी पूजा रिजाल दोस्रो, न्यू पेगोडा ई.बो. स्कुलकी इसिका गुरागाई तेस्रो भइन् ।
कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीहरुलाई नगर उप–प्रमुख देविमाया काफ्लेले फूलमाला, अविर, प्रमाण पत्र र नगद सहित सम्मान गर्नुभयो । हिजो गराईको निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता रिजल्ट आज सुनाइए पश्चात् पुरस्कार वितरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख एवं कार्यक्रमको संयोजक गिता कट्टेलले जानकारी दिनुभयो । यस्तै नगरको सामाजिक विकास शाखा प्रमुख ताराप्रसाद ढकाल, सृजना भट्टराई, समाजसेवी दुर्गा सुवेदी दंगाल लगायतको उपस्थिति रहेको थियो ।
आज पुरस्कार वितरणअघि विभिन्न साँस्कृतिक नृत्य, गायन, ¥याप गीत, कविता वाचन लगायतका कार्यक्रमहरू भएको थियो भने उपस्थित अथितिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *