एसईईमा सुन्दरहरैंचा नगरपालिकाको श्रीखण्ड माध्यमिक विद्यालयबाट ४ जना उतिर्ण

एसईईमा सुन्दरहरैंचा नगरपालिकाको श्रीखण्ड माध्यमिक विद्यालयबाट ४ जना उतिर्ण

एलएन गच्छदार , अषाढ १७ गते
माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भए संगै सुन्दरहरैंचा नगरपालिकाका सामुदायिक विद्यालयबाट ५९ दशमलव ३ प्रतिशत उतिर्ण भएका छन। सबैभन्दा कम प्रतिशत उतिर्ण हुनेमा सुन्दरहरैंचा नगरपालिका वडा -३ मा रहेको श्रीखण्ड माध्यमिक विद्यालय रहेको छ। सो विद्यालयबाट ४ जना मात्र उतिर्ण भएका छन भने ४२ जना विद्यार्थीले परीक्षा दिएका थिए।

त्यसै गरि सुन्दरहरैंचा वडा ७ गोठगाउँमा रहेको पंच्यात माविमा ५० जना विद्यार्थी मध्ये ५ जना एसईईमा उतिर्ण भएका छन। सो नगरको वडा ११ शुक्रबारेमा रहेको महेन्द्र माविबाट ९ जना मात्र उतिर्ण भएका छन । सो विद्यालयबाट ४१ जनाले परीक्षा दिएका थिए। त्यसैगरी वडा -६ मा रहेको ज्योती माविबाट एसईईमा ६२ जनासहभागी बिद्यार्थी मध्येबाट १० जना मात्र उतिर्ण भएका छ्न।

त्यसैगरी कोशी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा चिनिएका सुकुना माध्यमिक विद्यालयमा ८० दशमलव ११ प्रतिशत उतिर्ण भएका छन । सुकुनाबाट ५ सय ५३ जना मध्येबाट ४ सय ४३ जना उतिर्ण भएको हो । सुकुना नगर भित्रमै सामुदायिक विद्यालय मध्ये सबैभन्दा बढी बिधार्थी उतिर्ण भएको विद्यालय हो।
त्यसै गरि सामुदायिक विद्यालय मध्ये दोस्रोमा सबैभन्दा बढी उतिर्ण हुनेमा वडा -६ मा रहेको साजिलाल मावि हो। सो विद्यालयबाट १ सय ९६ जनाबाट १ सय ३३ जना एसईई उतिर्ण गरेका छन। साजिलालबाट ६७ दशमलव ८६ प्रतिशत उतिर्ण भएको हो।

सुन्दरहरैंचा नगरपालिकाबाट ११ वटा सामुदायिक माध्यमिक विद्यालयबाट कुल १ हजार ३ सय २२ जना एसईई परिक्षामा सामेल भएको र ७ सय ८४ जना उतिर्ण रहेको शिक्षा शाखा प्रमुख लिलादेवी ओझाले जानकारी दिएका छन।

त्यसैगरी सुन्दरहरैंचा नगरपालिका वडा -३ त्रिजुगामा रहेको जनता माविमा ४८ विद्यार्थी संख्याबाट २८ जना उतिर्ण भएका छन भने वडा -१ पचाममा रहेको जनता माविमा १ सय २६ जना विद्यार्थीमध्येबाट ४५ जना मात्रले उतिर्ण गरेका छन भने ३५ दशमलव ७१ प्रतिशत उतिर्ण मात्र भएको हो । वडा -२ रहेको माध्यमिक विद्यालय मृगौलियाबाट ५८ जना विद्यार्थीमध्ये २१ जना उतिर्ण भएका छ्न भने ३६ दशमलव २१ प्रतिशत उतिर्ण भएका छ्न।

त्यसैगरी वडा -८ सलकपुरमा रहेको शिक्षा निकेतनबाट ६६ जना एसईईमा उतिर्ण भएका छन भने सो विद्यालयबाट १ सय ४ जना बिद्यार्थीले परिक्षा दिएका थिए। वडा -९ बुधबारेमा रहेको जनता माविबाट ४२ जना बिद्यार्थीमध्ये २० जना उतिर्ण भएको र उतिर्ण प्रतिशत ४७ दशमलव ६२ रहेको छ।

सुन्दरहरैंचा नगरपालिका शिक्षा शाखा प्रमुख ओझाका अनुसार गणित र बिज्ञानमा नतिजा खसेको बताएका छन्। सुन्दरहरैंचालाई शिक्षाको हवको रुपमा बिकास गर्ने हो भने व्यापक सुधार गर्न आवश्यक छ। शैक्षिक शैक्षिक क्षेत्रको उन्नयनका लागि सम्बन्धित सबै पक्ष र सरोकारवलासंग छलफल गरि अघि बढनु पर्ने शिक्षा शाखा प्रमुख ओझाले बताएका छन।

समग्रमा अरु पालिका भन्दा सुन्दरहरैंचाको सामुदायिक विद्यालयको नतिजा राम्रो देखिए पनि अन्य पालिकामा केहि सामुदायिक र संस्थागत विद्यालयले शून्य नतिजा समेत ल्याएका छ्न।

चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् । एसईई परीक्षामा विद्यार्थी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । जसमा कक्षा ११ पढ्न पाउने गरी २ लाख ४२ हजार ९२ जना मात्रै उत्तीर्ण भएका हुन् ।

त्यसै गरी सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ देखि सञ्चालन गर्ने निर्णय गरेको छ। आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई मौका परीक्षा साउन २३ देखि ३१ गतेसम्म गर्ने निर्णय गरेको हो। परीक्षा तालिका भने स्पष्ट भइसकेको छैन।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ