शहरी स्वास्थ्य केन्द्र चिरमको दादुरा रुवेला खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम

सुन्दरहरैंचा नगरपालिका  वडा  नं. ८ शहरी स्वास्थ्य केन्द्र चिरमले दादुरा रुवेला खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

आगामी साउन २८ गते देखी ३२ गते सम्म वडा नम्बर ८ भित्र क्वेष्ट बोर्डिङ स्कुलमा २८ गते, ब्राईट फ्युचर बोर्डिङ स्कुलमा २९ गते,  शिक्षा निकेतन मा.वि. मा  ३० गते, प्रभात किरण  बोर्डिङमा ३१ गते ,नेस्नल चिल्ड्रेन मन्टेश्वरीमा ३२ गते २ बजे  सम्म र २ बजे पछि शहरी स्वास्थ्य केन्द्रमा खोप सञ्चालन गरिने केन्द्रकि प्रमुख ले जानकारी दिनुभयो ।

५ दिनसम्म सञ्चालन हुने उक्त अभियानमा ६ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाईने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *